+
+

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते २१:१२

६ जेठ, पोखरा । शुक्रबारदेखि निरन्तर परेको झरीका कारण पहिरो जाँदा पोखरा-सिक्लेस सडकखण्ड अवरुद्ध भएको छ । मादी गाउँपालिका पार्चेमा रहेको कु खोलामा पहिरो जाँदा आवतजावत बन्द भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

उनका अनुसार शुक्रबारको बर्षातका कारण कु खोलामा गएको पहिरो शनिबार बिहान करिब २ घन्टा लगाएर खुलाइएको थियो । तर, बर्षात नरोकिएका कारण फेरि पहिरो गएकाले बाटो अवरुद्ध भएको हो ।

‘पहिरो विहान मात्र करिव २ घण्टा भन्दा लगाएर पहिरो पन्छाएर आवतजावत सुरु भएको थियो’, वडाध्यक्ष गुरुङले भने, ‘तर आज दिनभरि परेको बर्षाले पुनः सोही ठाउँमा ठूलो मात्रामा पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको छ ।’

पानी नरोकिएकाले पहिरो अझै जान सक्ने सम्भावना रहेको र पहिरो आइतबारमात्रै पन्छाइने वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘चिप्लीदेखि, खिलाङ, पार्चे लगायतका ठाउँ ठाउँमा अविरल वर्षाले पहिरो खसिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?