+
+

सनराइज बैंकद्वारा चन्द्रपुरमा निःशुल्क आँखा शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १७:२६

काठमाडौं । सनराइज बैंकले वीरगञ्जमा रहेको दृष्टि आँखा अस्पतालको समन्वयमा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

बैंकको चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर–९ स्थित श्रीमावि डुमरियामा सञ्चालन गरेको शिविरमा २ सय ४० जना स्थानीयले आँखाको परीक्षण गराएका छन् ।

शिविरमा आँखा परीक्षण गराएका सर्वसाधारणलाई आँखाको चेकजाँच लगायत शल्यक्रियाका लागि आवश्यक परामर्श दिने काम भएको बैंकले जनाएको छ ।

निःशुल्क आँखा शिविरको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डितले गरेका थिए ।
दृष्टि आँखा अस्पताल वीरगञ्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र चन्द्रपुरले शिविरमा प्राविधिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?