+

वर्षायाममा कस्तो खानेकुरा खाने ?

२०८० असार  ३ गते १७:१२ २०८० असार ३ गते १७:१२
Shares
वर्षायाममा कस्तो खानेकुरा खाने ?

वर्षायाममा अघिपछिभन्दा रोगले बढी सताउँछ । चर्को गर्मीले पसिना आउने, डिहाइड्रेसनको समस्या, उकुसमुकुस, अल्छीपन, आलस्यताको समस्या धेरै देखिन्छ । वर्षायाममा रुखाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउँछ ।

त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहेको उत्तम हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ ।

तरकारी

वर्षायाममा काउली, भन्टा, केराउ, गोलभेंडा, हरियो सागपात, बोडी, फर्सी, फर्सीको मुन्टा खानु राम्रो हुन्छ । यी तरकारीमा भिटामिन, मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । यस मौसममा मसालेदार खानेकुरालाई कम गर्नुपर्छ । किनिक बढी मसला खाँदा शरीरको तापक्रम र रक्तसञ्चार बढ्न सक्छ ।

त्यस्तै नुन पनि यो मौसममा कम खानु राम्रो हुन्छ । बढी नुनिलो खाँदा शरीरको पानी सुक्ने भएकाले यसको सेवन कम गर्नुपर्छ । तरकारी पकाउँदा राम्ररी पखाल्ने र पाकेको केही समयमै खाँदा लाभदायक हुन्छ ।

तरकारी किन्ने बेलामा सावधानी अपनाउनुपर्छ । सकेसम्म ताजा तरकारी किन्दा त्यसमा भएको मिनरल्स नष्ट हुन पाउँदैन । जसले शरीरलाई तन्दुरुस्त र रोगसँग लड्ने क्षमतामा पनि बढाउँछ ।

फलफूल

वर्षायाममा सन्तुलित रुपमा फलफूल खानुपर्छ । सिजनल फलफूलहरु आँप, स्याउ, अनार, अम्बा, नासपाती यस मौसममा खानु उत्तम हुन्छ । फलफूल खाँदा राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । साथै फलफूलको जुस बनाएर पनि खान सकिन्छ तर धेरै खानु भने हुँदैन । धेरै फलफूलको जुस पिउँदा पखाला लाग्ने सम्भावना हुन्छ ।

उच्च प्रोटिन

वर्षायाममा शरीरमा प्रोटिनको मात्रा पूरा गर्नु पनि उत्तिकै जरुरी छ । त्यसैले दूध, दही, गेडागुडी, च्याउ, मासुजस्ता खानेकुरा प्रशस्त मात्रा खानुपर्छ । यी खानेकुराले शरीरलाई स्वस्थ र रोगसँग लड्ने क्षमता बढाउँछ । दूध, दहीबाहेक सबै खानेकुरा फ्राइ गरेर नभई झोल वा ग्रेभी बनाएर खानु स्वास्थका लागि फाइदाजनक हुन्छ ।

फाइबरयुक्त खाना

उच्च प्रोटिनयुक्त खानेकुरा पचाउनका लागि फाइबरको पनि जरुरी हुन्छ । त्यसका लागि सलाद, एभोकाडो, स्याउ, काफल, केरा, सुन्तला, बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दाल खान सकिन्छ । फाइबरयुक्त खानेकुराले पेट सफा राखेर मलद्वारको समस्याबाट पनि छुटकारा दिन्छ

राम्रो फ्याट दिने घिउ, चीज, बटर पनि सन्तुलन मिलाएर वर्षायाममा खान सकिन्छ ।

पानी

वर्षायाम गर्मीको पनि समय भएकाले पानी प्रशस्त पिउनुपर्छ । यसबेला सादा पानी मात्र सेवन गर्न मन नलागे जीवनजल मिसाएर पनि खान सकिन्छ । पानीलाई सकेसम्म यत्तिकै चिसो नखाने किनकि ढल फुट्ने समस्या, खानेपानीको पाइप फुटेर त्यही ढलको पानी मिसिने जोखिम हुन्छ । जसको सिधा असर पिउने पानीमा पर्छ । त्यसैले पानी उमालेर सेलाएर पिउने, फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । बाहिर निस्कँदा झोलामा आफैं पानी बोकेर हिंडे अझ राम्रो हुन्छ ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानेकुरा वर्षायाम
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाली भान्साको आफ्नै परम्परागत ऋतुचक्र

नेपाली भान्साको आफ्नै परम्परागत ऋतुचक्र

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग