+
+

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १९:३२

२२ असार, जनकपुरधाम। सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

उनका अनुसार अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

घाँटीमा खुकुरी प्रहार गर्दा उनका मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?