+
+

नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि खुल्यो म्यानपावरको ठगी धन्दा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १९:१२

१२ भदौ, काठमाडौं । नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि म्यानपावर कम्पनीको ठगी धन्दा खुलेको छ ।

वैदेशिक रोजगार विभागको इजाजत प्राप्त कम्पनीले विभागको अनुमतिमात्र सामाजिक सञ्जालबाट विज्ञापन गर्न पाउँछन् । तर, ओमेगा इन्टरनेसन प्रालिले नेपाली डाक्टरलाई वर्किङ भिसामा कुवेतमा रोजगारी दिलाउने विज्ञापन गरेपछि विभागले छानविन गरेको थियो ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो कम्पनीले सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तब्य मुलुकमा पठाउने शंकास्पद काम गरेको पनि पाइएको छ ।

अक्सअन इन्टरनेसनले भने आफ्नो संस्थाको भवन भित्र अन्य दुई वटा संस्था राखेर एजुकेसन इन्स्टिच्युट तथा कन्सल्टेन्सी समेत चलाएको र वर्किङ भिसाको प्रलोभनमा सन्देशपूर्ण कारोबार गरेको पाइएको उनले जानकारी दिए ।

यी दुवै म्यानपावरलाई विभागले निलम्बन गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को विपरीत कुनै संस्थाले गतिविधि गरेमा कारवाही हुने समेत विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान इच्छुकले सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?