+
+

सडकमा माटो झार्ने बिलिल कन्टेकलाई महानगरले तिरायो ५० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १३:०५

५ असोज, काठमाडौं । सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई काठमाडौं महानगरपालिकाले ५० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

शुक्रबार बिहान काठमाडौं महानगरपालिका-११ स्थित थापाथलीमा बिलिल कन्टेकले सडकमै माटो झारेको पाइएपछि जरिवाना तिराइएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार नै सडक पेटीमा निर्माण सामग्री राखी सडक अवरुद्ध गरेको भन्दै वडा नम्बर ९ तिलगंगा निवासी सुदर्शन कँडेललाई पनि २५ हजार रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

‘सडकमा निर्माण सामग्री राख्न पाइँदैन, सडक नै अवरूद्ध हुने गरी कसैले पनि निर्माण सामग्री राखेको सूचना हाम्रो टोलीलाई दिएको खण्डमा तत्काल कारबाही गर्छौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने ।

नगर प्रहरीहरुले जथाभावी फोहोर फाल्ने, सडक अवरुद्ध गरेर निर्माण समग्री राख्ने, खुल्ला स्थानमा आगो बाल्ने, पर्चा, पोस्टर टाँसेर फोहोर गर्नेलाई ठाउँको ठाउँ जरिवाना गर्ने अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?