+
+

जसपाले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १३:३०

१ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी (जसपा) पनि विश्वासको मत दिने भएको छ ।

कोशी प्रदेशमा जसपाबाट सांसद रहेकी निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिइन् ।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने हुँदा प्रदेश सभा बैठक जारी छ ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् ।

नेपाली कांग्रेसका सांसद कार्की एमलेका प्रदेश सभा सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेसका ७ जना सांसदले पनि समर्थन गरेका थिए ।

कोशीको प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् ।

राप्रपाले भने कार्कीको विपक्षमा मत दिने भएको छ । राप्रपासँग ६ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?