+
+

भूकम्प प्रभावितलाई सहयोग गर्न एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा समिति

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १५:१३

२० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट भूकम्पमा पार्टीका तर्फबाट अनुगमन र परिचालनका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा समिति गठन गरेको छ ।

सोमबार बसेको पार्टी सचिवलायमा बैठकले उपमहासचिव ज्वालाको नेतृत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको महासचिव घनश्याम भुसालले अनलाइनखबरसँग बताए ।

ज्वालाको संयोजकत्वमा कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश कमिटी अध्यक्ष अमर थापा, धनबहादुर बुढा, नन्दा चपाईं, कल्याणी खड्का, विमल पुन, ठडेन्द्रप्रसाद पुरी, कृष्ण विसी सदस्य रहेका छन् ।

यस्तै एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि २५ लाख सहयोग गर्ने निर्णय समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?