+
+

भक्तपुरको थन्थु दरबार पुनर्निर्माणको निरीक्षण 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १८:५०

१२ मंसिर, काठमाडौं । पुरातत्व विभागको टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनर्निर्माणको निरीक्षण गरेको छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्‍ग, विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य लगायतको टोली पुनर्निर्माण स्थल निरीक्षण गर्न पुगेका हो ।

निरीक्षणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर नगरपालिकाको पुरानो भवनको रुपमा रहेको थन्थु दरबार पुनर्निर्माण कार्य बहुवर्षीय योजनाको रुपमा अगाडि बढाइएको बताएका थिए । उनले दरबार मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने योजनाअनुसार नगरपालिका अगाडि बढेको बताए ।

स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीका अनुसार भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफैं व्यहोर्ने गरी पुरातत्व विभाग समेतबाट नक्सा स्वीकृत गराई पुनर्निर्माण कार्यलाई अगाडि बढाएको हो ।

पुरानो भवन भत्काइसकेको र पुरातत्व विभागसँग समन्वयमा उक्त दरबार पुनर्निर्माण कार्य नगरपालिकाले गर्दैछ ।
निरीक्षणको क्रममा क्यानडाको दुर्हाम विश्वविद्यालयका प्रोफेसर रोबिन कनिङघम समेत भक्तपुर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?