+
+
कांग्रेस नवलपरासीमा विवाद : :

जिल्ला सम्मेलनमा सहभागी हुन शेखरले गरेको आग्रह संस्थापन पक्षका नेताहरुद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १८:२०

१५ मंसिर, बुटवल। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नवलपरासी पश्चिममा पार्टीभित्रि देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताएका छन् ।

शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा उनले नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताए ।

नवलपरासीमा संस्थापन इतर पक्षले  एकलौटी रुपमा सम्मेलन आयोजना गरेको आरोप लगाउँदै  संस्थापन पक्षका अधिकांश नेता कार्यकर्ताहरुले बहिष्कार गरेपछि नेता कोइरालाले उनीहरुसँग छलफल गरेका हुन् ।

पार्टी विधान अनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भएपनि नवलपरासीमा जिल्ला सभापतिले एकपक्षीय रुपमा जिल्ला सम्मेलनको आह्वान गरेपछि अधिकांश नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् । जिल्ला सम्मेलनको उद्घाटन गर्न गएका नेता कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरुसँग छलफल गरेका हुन् ।

जिल्लाको विवाद आफूले केन्द्रमा पनि राख्ने भन्दै कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का भएको सन्देश जिल्लामा दिन आग्रह गरेका थिए ।

उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न नेताहरुलाई आग्रह गरे । तर नेताहरुले एकपक्षीय र विधानविपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रष्ट पार्दै सम्मलेन बहिष्कार गरे ।

छलफलमा केन्द्रीय सदस्य एवं नपलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधान सभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र न. २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा खका सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरु सहभागी थिए ।

उनीहरुले जिल्ला सम्मेलन पार्टीको विधान सम्मत नभएको, सम्मेलनका सम्बन्धमा मातहतका क्षेत्रीय, नगर, गाउँ समितिसँग छलफल र परामर्श नगरी एकलौटी आयोजना गरिएको भन्दै सम्मेलन बहिस्कार गरेका छन् ।

साथै तल्लो तहतबाट अधिवेशन नगराई एकै पटक कुनै छलफल बिनै जिल्ला सम्मेलन आयोजना गरिएको, जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य देवेन्द्र कँडेल र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग सल्लाह, सुझाव, परामर्श र निमन्त्रणा नगरेको उनीहरुको भनाई छ ।

साथै जिल्लास्थित पार्टीको भ्रातृसंस्थाहरुलाई पनि निमन्त्रणा नगरेको भन्दै जिल्लाका नेताहरुले पार्टी सभापतिलाई लिखित जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?