+
+

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई प्रतिउडान ५ लाख दिने तयारी छ  : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १६:३६

१७ मंसिर, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री किरातीले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको बताएका हुन् ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले  नियमित उडान गर्छ त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं’, मन्त्री किरांतीको भनाइ उद्धृत गर्दै प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायी सञ्जीव जोशीले भने ।

नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा ) को लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न दबाब दिँदै काठमाडौं पुगेको छ ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री किरांतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा आफू पनि रहेको बताए ।

तर सरकारी ब्यवस्थापनमा समस्या भएमा निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि उडान नियमित गर्ने उनले प्रतिवद्धता जनाएका नाट्टाका  अन्तर्राष्ट्रिय हवाइ यातायात समन्वय समितिको संयोजकसमेत रहेका जोशीले बताए ।

राज्यको ४३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको  गौतमबुद्ध विमानस्थल र विमानस्थल देखेर ६५–७० अर्ब लगानी गरेको निजी क्षेत्रको बारेमा सरकार चिन्तित रहेको समेत मन्त्री किरांतीले व्यवसायीसंग बताएका थिए ।

मन्त्रीसँगको छलफलमा पर्यटन व्यवसायीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेका थिए ।

नाट्टा लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै  निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वयुसेवा निगमको जहाजले थालनी गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?