+

रेबिजको खोप लगाइसकेपछि फेरि कुकुरले टोक्यो भने खोप लगाउनुपर्छ ?

२०८० मंसिर  २४ गते १४:४० २०८० मंसिर २४ गते १४:४०
Shares
रेबिजको खोप लगाइसकेपछि फेरि कुकुरले टोक्यो भने खोप लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज सङ्क्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वाभाविक नै हो । कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउने जस्ता विषयमा अन्योल देखिन्छ ।

संक्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिन्छ । यस्तोमा कस्तो अवस्थामा खोप लगाउने त ?

कस्तो अवस्थामा खोप आवश्यक पर्छ ?

रेबिज प्राणघातक संक्रामक रोग भएकोले जनावरले टोकेमा खोप अनिवार्य लगाउनुपर्छ । कुकुरले टोकेपछि सकेसम्म छिटो खोप लगाउनुपर्छ । अक्सर रेबिज लागेको कुकुर १० दिनभित्र मर्छ । यस्तो अवस्थामा त खोप नलगाई हुन्न ।

कुकुरले एक महिना अघि टोकेको थियो । टोक्ने बित्तिकै कुकुर गायब भयो भने उसले पनि त्यसमा रेबिजको शंका गर्नुपर्ने हुन्छ । त्यसैले खोप लगाउनैपर्छ ।

सामान्य कुकुरले टोक्दा पनि रेबिज विरुद्धको खोप लगाउनै पर्छ ?

सामान्य कुकुरले टोकेको अवस्थामा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, किनकि केही कुकुरहरूमा लक्षणहरू नदेखिएको पनि हुन सक्छ । १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भने पनि ठिकै छ । तर खोप लगाएपछि एकदमै सुरक्षित हुने भएकाले खोप लगाउनु नै उपयुक्त हुन्छ ।

कति मात्रामा लगाउने ?

यदि कसैलाई कुकुरले टोक्यो भने उसले स्थानीय औषधि पसलमा एक डोज खोप लगाएर बाँकी चार डोज अस्पतालमा लगाउने भन्दै आएको सुनिन्छ । खोप किन्दा पनि त्यसको खोलभित्र हुने हाते निर्देशिकामा पाँच पटक लगाउन भनिएको हुन्छ ।

अस्पताल बाहिर एक मात्रा डोज लगाएर आउनेहरूमा डोजको मात्रा-संख्यालाई  लिएर जिज्ञासा तथा प्रश्नहरू उब्जिने गरेको देखिन्छ । तर, खोप दिने तरिकाको आधारमा तीन अथवा चार पटक मात्र खोप दिने गरिन्छ । छाला मुनी दिने खोप तीन पटक र (मासुमा दिने) खोप चार पटक लगाउँदा मात्रा पुरा हुन्छ ।

रेबिजको खोप लगाई सकेको व्यक्तिलाई फेरि कुकुरले टोक्दा पुनः खोप लगाउनुपर्छ कि पर्दैन ?

यदि कुनै व्यक्तिलाई कुकुरले वा अन्य अज्ञात जनावरले टोकेर रेबिज विरुद्धको खोप  लगाउँदा लगाउँदै वा खोपको डोज पुरा भएको तीन महिना भित्र पुन टोक्यो भने पुन खोप  लगाउनु पर्दैन ।  तर, खोपको डोज पुरा भएको ३ महिनापछि वा ६ महिनापछि  पुन टोक्यो भने दुई डोज मात्र लिन सकिन्छ, जसलाई बुस्टर डोज भनिन्छ ।

रेबिजको खोप
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
संक्रामक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?