+
+

सुदूरपश्चिम प्रदेश स्वास्थ आपूर्ति केन्द्रका प्रमुख डा.अर्याललाई हटाउने सरकारकाे निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १८:५५

१७ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेकाे हो ।

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्दशकको जिम्मेवारीमा थिए ।उनलाई सामाजिक विकास मन्त्रालयले उनलाई ३० फागुन २०७९ मा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो ।

तर अर्यालले भने प्रदेश सरकारले गरेको निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन गरिरहेको थियो।

छानबिन नसकिदासम्म उनलाई जिम्मेवारीमुक्त गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो तर मन्त्रालयले अर्याललाई पदमुक्त गर्ने अधिकार नभएकाे भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?