+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘द खजुरे ब्रो’ र बलिउडको ‘श्रीकान्त’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते ११:२०

काठमाडौं । शुक्रबार हलमा नेपाली भाषाको ‘द खजुरे ब्रो’ र बलिउड फिल्म ‘श्रीकान्त’ रिलिज भएका छन् । अलग जनराका यी दुई फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्छन् ।

‘खजुरे ब्रो’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । यसको रनटाइम १३७ मिनेट छ । कमेडी ड्रामा जनराको यो फिल्ममा रियर राई, महेश त्रिपाठी, नवीन मानन्धर, नीति शाह, प्रेम सुब्बाको शीर्ष भूमिका छ ।

खजुरे र चिल्लीले सहरको भरोसा सहकारीबाट रकम लुटेपछि अप्रत्याशित घटनाक्रम आउँछन् । यी घटनाले फिल्ममा नयाँ कथानक घुम्ती ल्याउँछ । यो फिल्मबाट शाहले अभिनय करिअर थालेकी छन् ।

‘श्रीकान्त’लाई तुषार हिरानन्दिनीले निर्देशन गरेका हुन् । राजकुमार राव, ज्योतिका लगायतको अभिनय रहेको यो फिल्मलाई बायोग्राफी ड्रामा जनरामा राखिएको छ । दृष्टिविहिन पात्र श्रीकान्तले विश्वचर्चित एमआइटी युनिभर्सिटीमा अध्ययनको मौका पाउँछ । उसँग उद्यमशिलता र नेतृत्वका सपना छन् ।

यी सपना पुरा गर्न उसले गर्ने संघर्षको कथावस्तु ‘श्रीकान्त’ हो । यो फिल्मको लम्बाइ १३४ मिनेट छ । यो फिल्मले समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरिरहेको छ । समीक्षकले यो फिल्मलाई प्रेरणादायी फिल्मको रुपमा उल्लेख गरिरहेका छन् ।

अहिले पनि नेपाली हलमा बोक्सीको घर, मनसरा, महजात्रा लगायतका फिल्म प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?