+
+
Shares

भारत पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २०:११

११ भदौ, काठमाडौं। भारत पुर्‍याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन् । खत्रीलाई ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत माघको अन्तिममा उनीहरुले एक व्यक्तिलाई कोलकत्ता पुर्‍याएर मृगौला झिकेको आरोप छ ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका २८ वर्षीय एक पुरुषलाई १० लाख रुपैयाँको प्रलोभन देखाएर भारत पुर्‍याई मृगौला झिकेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

‘मान्छेका दुई वटा मृगौला हुन्छन् । एउटा झिके अर्कोले काम गर्छ । केही समस्या हुँदैन र मृगौला दिएमा धर्म हुन्छ भन्दै फकाएको देखिन्छ’ एसपी मिश्रले भने ।

उनीहरुले काठमाडौंमा स्वाथ्य परीक्षण गराएर स्थलमार्ग हुँदै वीरगञ्जबाट कोलकत्ता पुर्‍याएर मृगौला झिेकेको आरोप लागेको छ । कोलकत्ता पुगेपछि मृगौला दिन इन्कार दिँदा समेत उनीहरुले प्रलोभन देखाउनुका साथै धम्की समेत दिएको पीडितको भनाइ छ ।

मृगौला प्रत्यारोपण गर्न एकाघर परिवारको सदस्य हुनुपर्ने भएकाले त्यसका लागि उनीहरुले नक्कली नागरिकतादेखि नाता प्रमाणपत्र समेत नक्कली बनाएको खुलेको प्रहरीले जनाएको छ। जसकारण कागजात कीर्तेको कसुरमा समेत अनुसन्धान आकर्षित हुने प्रहरीको भनाइ छ ।

नेपालदेखि भारतसम्म पुर्‍याउन फरक फरक व्यक्तिको प्रयाग भएको पाइएको छ । १० लाख रुपैयाँ दिने भने पनि पीडितले भने अनुसार रकम नपाएको प्रहरी समक्ष बताएका छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?