+
+
Shares

बाबा रामदेव र आचार्य बालकृष्णमाथि किन मुद्दा चलेन ?

अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवं सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:२८
बाबा रामदेव र आचार्य बालकृष्णको फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • अख्तियारले योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णलाई मुद्दामा प्रतिवादी बनाएको छैन।
  • सञ्चालक समितिले आश्रम निर्माण र सम्पत्ति कारोबारको जिम्मेवारी शालिकराम सिंहलाई तोकेको र उनी नै सबै कामकाजको जवाफदेही भएको निष्कर्ष निकालेको छ।

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटमा पाएको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस क्रममा अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवं सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।

दुवैजना पतञ्जलि योगपीठसँग आवद्ध भए पनि नेपालको हकमा भने उनीहरूले शालिकराम सिंहलाई आफ्नो आधिकारिक प्रतिनिधि तोकेका थिए । सबै निर्णय गर्ने अख्तियारीसहित सिंहलाई नै कम्पनीको नेपालसम्बन्धी कामकाज गर्ने जिम्मेवारी तोकिएको थियो ।

जग्गा सट्टापट्टा अनियमितताको उजुरीपछि अख्तियारले सार्वजनिक सूचना नै निकालेर रामदेव र आचार्य बालकृष्णलाई बोलाएको थियो । तर उनीहरू नेपाल आएनन् ।

अख्तियारले उनीहरूले सबै अधिकार शालिकराम सिंहलाई दिएको र नेपालमा हुने सबै काम-कारबाहीमा सिंह नै जवाफदेही हुने निष्कर्षसहित रामदेव र बालकृष्णमाथि कुनै मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

अख्तियार स्रोतका अनुसार, पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापकहरू स्वामी रामदेव, आचार्य बालकृष्ण र शालिकराम सिंहको उपस्थितिमा बसेको सञ्चालक समितिले आश्रम निर्माण, सम्पत्ति खरिद एवं सबै कारोबारको जिम्मेवारी शालिकराम सिंहलाई दिने निर्णय गरेको थियो ।

अख्तियारको निर्णय उदृत गर्दै स्रोतले भन्यो, ‘निज स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिंहसमेत माथि विवेचना गरेबमोजिमको प्रस्तुत भ्रष्टाचारजन्य कसुर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको हुँदा हाल निजहरूको हकमा केही गरिराख्न परेन ।’

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?