+
+
Shares

रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ११:३४

२४ असार, काठमाडौं । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ ।

सोमबार राति आएको बाढीका कारणले १८ जना वेपत्ता भएका छन् । नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

बाढीले रसुवागढी भन्सारमा राखिएका सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?