+
+
Shares

रसुवा बाढी : निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता

६० प्रतिशत भौतिक क्षति

भौतिक क्षतितर्फ रिटेलिङ वाल ४ सय मिटर पूरै बगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति पुगेको छ।
  • बाढीले १४ जना कामदार बेपत्ता बनाएको र सम्पूर्ण पूर्वाधारमा क्षति पुगेको समितिले जनाएको छ।
  • सामान्यतः इन्ट्री र एक्सिट रोड सुरक्षित भए पनि अन्य क्षेत्रहरू पूर्ण रूपमा क्षतिग्रस्त छन्।

२४ असार, काठमाडौं । बाढीका कारण रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् ।

नेपाल इन्टरमोडल विकास समितिले बाढीमा १४ जना कामदार बेपत्ता पुष्टि गरेको हो । बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।

बाढीका कारण निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ । भौतिक क्षतितर्फ रिटेलिङ वाल ४ सय मिटर पूरै बगेको छ । बेचिङ प्लान्ट पूरै बगेको छ । लिटिगेसन सेड र वेयरहाउसमा समेत क्षति पुगेको छ ।

बाढीका कारण इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लकमा समेत क्षति भएको छ । वेयरहाउसको फाउन्डेसन पूरै बगेको छ । पार्किङ क्षेत्रमा पूर्णक्षति भएको छ भने बालुवा र गिट्टीले भरिएको छ ।

त्यस्तै इन्ट्री रोडतर्फको रिटेनिङ वालमा क्षति भएको छ । मेन कम्प्लेक्स भवन बाहेक सबै पूर्वाधारमा क्षति भएको समेत समितिले जनाएको छ ।

एक्जिट रोड सुरक्षित छ । पार्किङ यार्ड फेसिलिटी र रिटेनिङ वालमा समेत पूरै क्षति भएको छ । यसप्रकार यो संरचनाको ६० प्रतिशत क्षति भएको देखिएको छ ।

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?