+
+
Shares

‘सैयारा’ स्टार अनित पड्डा काठमाडौंको घुमफिरमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते २२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड फिल्म 'सैयारा'ले नेपाली बक्सअफिसमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड राखेको छ।
  • अमेजन प्राइम भिडियोको सिरिज 'बिग गल्र्स डन्ट क्राइ'की को-स्टार अनित पड्डा अहिले काठमाडौंमा घुमघाममा व्यस्त छिन्।
  • अनित पड्डाको ओटीटी सिरिज 'न्याय' आउने तयारीमा छ र मनीष शर्माको रोमान्टिक फिल्ममा पनि उनको अभिनय हुने चर्चा छ।

काठमाडौं । बलिउडको ब्लकबस्टर फिल्म ‘सैयारा’ले विश्वभर उछाल कमाइ गर्‍यो । यो फिल्मले नेपाली बक्सअफिसमा समेत यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड राख्यो ।

यतिबेला सोही फिल्मकी डेब्यू अभिनेत्री अनित पड्डा घुमघामको लागि काठमाडौंमा छिन् । अमेजन प्राइम भिडियोको सिरिज ‘बिग गल्र्स डन्ट क्राइ’ को-स्टार ल्हाकिलासँगै अनित अहिले नेपाली राजधानीको घुमघाममा ब्यस्त छिन् ।

नेपाली अभिनेत्री तथा सोसल मिडिया इन्फ्लुएन्सर ल्हाकिाले घुमघामका आकर्षक र रमाइला फोटो तथा भिडियो सेयर गरेकी छन् । यी दुईले उक्त सिरिजमा सहकार्य गरेका थिए ।

यी दुई बेस्टीले बौद्ध स्तुपादेखि कराओकेमा रमाइलो गरेको, सडकमा हिँडिरहेको देख्न सकिन्छ । ल्हाकिला लेख्छिन्, ‘विशेष अनित पड्डा । शब्द छैन, यो स्टारको लागि केवल माया । साथै, मैले उनको यात्रा १००% सार्थक बनाएँ, म वाचा गर्छु ।’

‘सैयारा’को सफलतापछि अभिनेत्री पड्डा अहिले घुमघाममा ब्यस्त छिन् । कामको कुरा गर्दा, पड्डाको ओटीटी सिरिज ‘न्याय’ आउने तयारीमा छ । यसबाहेक, मनीष शर्माको एक रोमान्टिक फिल्ममा पनि उनले खेल्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?