+
+
Shares

धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध

ईश्वर थापा ईश्वर थापा
२०८२ चैत ३ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार साँझ धनकुटामा आएको हावाहुरी र असिनापानीले सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर र कृषि बालीमा लाखौँ रुपैयाँबराबरको क्षति पुर्‍याएको छ।
  • कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड हावाहुरीका कारण अवरुद्ध भएको थियो र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले अवरोध हटाएपछि मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको छ।
  • हावाहुरीले नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुर्‍याएपछि धनकुटा जिल्लाभर विद्युत सेवा बन्द भएको छ र विद्युत सेवा बेलुकासम्म केही स्थानमा पुनः सुरु गर्ने तयारी भइरहेको छ।

३ चैत, धनकुटा । सोमबार साँझ आएको हावाहुरी र असिनापानीले धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपैयाँबराबरको क्षति पुगेको छ । हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो ।

हावाहुरीसँगै सडकछेउका रुखहरू ढल्दा कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध भएको थियो । सडकमा रुख ढलेपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले रुख तथा अवरोध हटाएपछि मंगलबार बिहानदेखि सडक पुन: सञ्चालनमा आएको छ ।

हावाहुरीका कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका भवनहरूमा पनि क्षति पुगेको छ । लोक सेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय धनकुटा तथा निजामती विद्यालयलगायतका भवनमा क्षति पुगेको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार हाल उद्धार तथा व्यवस्थापनको काम भइरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको छ । विवरण संकलन सम्पन्न भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गरिने उनले बताए ।

हावाहुरीका कारण प्रदेश संग्रहालयमा मात्रै करिब २० देखि २२ लाख रुपैयाँ बराबरको क्षति भएको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

विद्युत सेवा बन्द

हावाहुरीका कारण नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि धनकुटा जिल्लाभर विद्युत सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवका अनुसार सोमबार रातिदेखि अवरुद्ध भएको विद्युत सेवा मंगलबार बेलुकासम्म केही स्थानमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

मंगलबार दिउँसोसम्म क्षति पुगेका स्थानहरूको पहिचान गर्ने काम भइरहेको र कम क्षति भएका क्षेत्रमा बेलुकासम्म विद्युत आपूर्ति पुन: सुरु गर्ने प्रयास भइरहेको यादवले बताए ।

प्राधिकरणका अनुसार हावाहुरीका कारण कतै रुख तथा हाँगाबिँगा लाइनमा खसेको, बाहिरी वस्तु उडेर तारमा अड्किएको, तार चुँडिएको वा पोल ढलेको हुन सक्ने भएकाले पूर्ण निरीक्षण नगरी लाइन सञ्चालन गर्दा जोखिम हुन सक्ने बताइएको छ ।

चट्याङका कारण कसैको घरको मिटर वा वायरिङमा क्षति पुगेको आशंका भए तुरुन्त मेन स्विच बन्द गरेर सुरक्षित रहन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

हावाहुरीका कारण जिल्लाका अधिकांश घरमा क्षति पुगेको छ । धेरै घरका छाना उडेको र केही परिवार त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसका साथै गोठ तथा सवारीसाधनमा समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीका अनुसार हालसम्म मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ । हाल जिल्लाभर क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण कृषि बालीमा पनि क्षति पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?