+
+
Shares

रास्वपालाई चीनको पत्र : रवि-बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

चिनियाँ कम्युनिस्ट पार्टीले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ।
  • चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।
  • रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशील सिद्धान्तमा अडिग रहँदै छिमेकीसँगको सम्बन्ध प्राथमिकतामा राख्ने जनाएको छ।

३ चैत, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी गराएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ ।

‘प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको पनि विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने विज्ञप्तिमा जनाएको छ । ‘चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,’ रास्वपाले भनेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?