७ चैत, काठमाडौं । सिनामंगलस्थित बागमती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान अन्तर्गत शनिवार फोहोर व्यवस्थापन गरिएको हो ।
सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका-९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीसहित बागमती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानको शनिबार ६७१ औँ शृङ्खला हो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार बिहान करिब दुई घण्टा बागमती नदीमा सफाइ हुने गरेको छ ।
बागमती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौंमा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र राजधानी बाहिरका नदी क्षेत्रमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियानका क्रममा पछिल्लो समय कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर नकुहिने फोहर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् । –रासस
प्रतिक्रिया 4