+
+
Shares

‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिऔं : सुरेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई आधुनिक र शक्तिशाली बनाउन इतिहासको ब्याजमा नभइ भविष्यको लगानीमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो।
  • पाण्डेले एमालेलाई केवल राजनीतिक शक्ति नभई देशका जटिल समस्या समाधान गर्ने गतिशील संस्था बनाउनुपर्ने उल्लेख गर्नुभयो।
  • उनले विज्ञतामा आधारित राजनीति, डिजिटल मेरिटोक्रेसी र संरचित पुस्तान्तरणमा तत्काल काम गर्नुपर्ने तीन मुख्य क्षेत्र पहिचान गर्नुभयो।

७ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई आधुनिक र शक्तिशाली बनाउनका लागि इतिहासको ब्याजमा नभइ भविष्यको लगानीमा ध्यान दिन आवश्यक रहेको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले पार्टी पहिलेकै लयमा फर्कने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौं,’ पाण्डेले भनेका छन्, ‘तर यसका लागि हामीले ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ ।’

साथै, उनले एमाले राजनीतिक शक्ति मात्रै नभइ देशको जटिल समस्या समाधान गर्ने गतिशील संस्था बन्नुपर्ने बताएका छन् ।

‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ,’ पाण्डेले भनेका छन्, ‘अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ ।’

यस्ता छन् उनले तत्काल गर्नुपर्ने कामका रुपमा अघि सारेका बुँदा :

पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ ।

दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् ।

तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?