७ चैत, काठमाडौं । दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् ।
अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको ध्यानाकर्षण सभामा उनीहरूले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका हुन् ।
उनीहरूले समान हक र समान अवसरसहितको समाजवादको आधार निर्माणका लागि संविधान सशोधन हुनुपर्ने माग राखेका छन् ।
ध्यानाकर्षणसभामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले देश परिवर्तनको बाटोमा अघि बढेका बेला पछाडी परेका समूदायलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्न आगामी दिनमा पनि निरन्तर दवाव कायमै राख्ने उल्लेख गरे ।
उनले जातीय विभेद उन्मुलन गर्नुपर्ने आवाज आगामी दिनमा उठाउन नपर्ने गरि पूर्ण रुपमा बिभेद अन्त्य गर्न सवै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ भन्ने नाराका लागि शनिबार नेपालमा अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइएको हो ।
प्रतिक्रिया 4