+
+
Shares

न्यूयोर्क विमानस्थलमा ट्रकसँग ठोक्कियो जहाज, धेरै घाइते

सीआरजे९०० मोडेलको सानो विमान दुर्घटनामा परेको थियो । जसमा ७० देखि ९० जना मानिस सवार थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा धेरै जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यूयोर्कको लागार्डिया विमानस्थलमा एउटा सीआरजे९०० मोडेलको विमान ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ।
  • दुर्घटनामा ७० देखि ९० जना मानिस सवार थिए र धेरै जना घाइते भएका छन्।
  • अमेरिकी संघीय उड्डयन प्रशासनले विमानस्थलका लागि 'ग्राउन्ड स्टप' आदेश जारी गरेको छ र विमानस्थल बन्द गरिएको छ।

न्यूयोर्कको लागार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा धेरै जना मानिसहरू घाइते भएका छन् ।

सीआरजे९०० मोडेलको सानो विमान दुर्घटनामा परेको थियो । जसमा ७० देखि ९० जना मानिस सवार थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा धेरै जना घाइते भएका छन् ।

सीबीएस न्यूजले गरेको रिपोर्ट अनुसार क्यानडाको मोन्ट्रियलबाट आएको विमान लागार्डिया विमानस्थलमा अवतरण गरेको थियो।

अवतरणपछि विमान धावनमार्गमा रोकिने क्रममा विमानस्थल सञ्चालन गर्ने न्यूयोर्क र न्यू जर्सीको पोर्ट अथोरिटीको ट्रकसँग ठोक्किन पुगेको थियो।

दुर्घटनापछि अर्को सूचना जारी नभएसम्मका लागि यो विमानस्थल बन्द गरिएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासनले आइतबार राति विमानस्थलका लागि ‘ग्राउन्ड स्टप’ (उडानहरू रोक्ने आदेश) जारी गरेको थियो । यो आदेशलाई अझ बढाउन सकिने बताइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?