News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित संगीतकार हरि लम्सालले निर्देशन गर्ने फिल्म 'बा : एक योद्धा' को छायांकन सोमबारदेखि पशुपतिनाथ मन्दिरमा सुरु भएको छ।
- यो फिल्मले नेपाली समाजको बुवाको महत्व र सन्तानको भविष्यका लागि गर्ने त्यागलाई 'योद्धा'को रूपमा चित्रण गर्ने बताइएको छ।
- फिल्मलाई शिवराम श्रेष्ठले खिच्नेछन् र वसन्त लम्साल निर्माता हुन्, कलाकारको नाम हाल सार्वजनिक गरिएको छैन।
काठमाडौं । चर्चित संगीतकार हरि लम्सालले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको पटकथा लेखन र निर्देशन रहने फिल्म ‘बा : एक योद्धा’ को छायांकन सोमबारदेखि सुरु भएको छ ।
पशुपतिनाथ मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने बताइएको छ ।
लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौँ चर्चित गीत श्रोतामाझ पस्किसकेका लम्सालले यो फिल्ममार्फत निर्देशकको रूपमा डेब्यू गर्दैछन् ।
चलचित्रको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो सामाजिक कथावस्तुमा बन्न लागेको संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्व, सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ ।
पछिल्लो समय बुवाको कथावस्तुमाथि बनेका ‘पूर्णबहादुरको सारंगी’, परान, महापुरुषजस्ता फिल्मले बक्सअफिसमा राम्रो ब्यापार गरेका छन् ।
यो फिल्मलाई शिवराम श्रेष्ठले खिच्नेछन् । निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका निर्माता लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर कथानक फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।
कलाकारको नाम खुलाइएको छैन ।

प्रतिक्रिया 4