News Summary
Generated by OK AI. Editorially reviewed.- डिभिजन वन कार्यालय गुल्मीले अनुमति बिना गुजरगानो संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको छ।
- अनियन्त्रित गुजरगानो संकलन र ओसारपसार बढेको भन्दै वन कार्यालयले कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
- डिभिजन प्रमुख दयाराम पौडेलले राजस्व दाखिला नभएको गुजरगानोका लागि निकासी अनुमति सिफारिस नगर्न अनुरोध गर्नुभएको छ।
९ चैत, गुल्मी । डिभिजन वन कार्यालय गुल्मीले अनुमति विना गुजरगानो संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको छ ।
राष्ट्रिय, सामुदायिक, सार्वजनिक र निजी वनबाट अनियन्त्रित रूपमा गुजरगानो संकलन र ओसारपसार हुने क्रम बढेको भन्दै डिभिजन वन कार्यालयले यस्तो अनुरोध गरेको हो ।
विनाअनुमति यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी वन कार्यालयले दिएको छ ।
राजस्व दाखिला नभएको गुजरगानोका लागि निकासी अनुमति सिफारिस नगर्न डिभिजन वन कार्यालय गुल्मीका डिभिजन प्रमुख दयाराम पौडेलले अनुरोध गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4