News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा तेस्रो पटक सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्बन्धी सम्मेलन आयोजना गर्न लागिएको छ।
- सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. अनुज भट्टचनले सम्मेलन सफल बनाउन क्षेत्रका विज्ञलाई सहयोग गर्न आह्वान गरे
- केन्द्रले क्षयरोग नियन्त्रणका लागि तीन तहका सरकारलाई प्रभावकारी रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।
१० चैत, काठमाडौं । नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्बन्धी सम्मेलन हुने भएको छ ।
सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
क्षयरोग तथा एचआईभी एड्स रोग नियन्त्रणमा देखिएको चुनौतिलाई सामना गरेर अघि बढ्ने उद्देश्यसहित यस वर्ष पनि सो सम्मेलन नेपालमा गर्न लागिएको सो केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए ।
मंगलबार विश्व क्षयरोग दिवसको अवसर पारेर भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि त्यस क्षेत्रका विज्ञहरुलाई सहयोग गर्न पनि आह्वान गरे ।
निर्देशक भट्टचनले भने, ‘जति पनि टीबी, एचआईभी क्षेत्रमा काम गर्नुभएको छ । उहाँहरूलाई गोलबन्द गर्ने र कमन विषय जाने हिसावले पहिलो र दोस्रो सार्कस्तरीय टीबी, एचआईभी कन्फरेन्स पनि भएको थियो । त्यो हामी यो साल पनि मनाउँछौँ ।’
केन्द्रले नेपालमा क्षयरोगीहरुको संख्या बढदै गएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नका लागि सबै स्थानीय सरकारलाई परिचालन गर्न अतिआवश्यक भएको निष्कर्ष समेत निकालेको छ ।
केन्द्रका निर्देशक भट्टचनले क्षयरोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन तीन वटै तहका सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4