News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनको क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोहरू एआईबाट बनेको हुनुपर्ने बताएका छन्।
- देउवाले आयोगलाई दिएको बयानमा आफूमाथि नितान्त षड्यन्त्र भएको र राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको उल्लेख गरेका छन्।
- उनले तोडफोड, आगजनी र लुटपाट गर्ने जो कोहीलाई कारबाही गर्नुपर्ने र युवाको भावना समेटेर सुधार गर्नुपर्ने बताउनुभयो।
११ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोहरू एआईबाट बनेको हुनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाईन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ ।
जनआस्थाको सौजन्यमा अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा देउवाले आफूले राजनीतिक हस्तक्षेप र पक्षपात पनि नगरेको जिकिर गरेका छन् ।
यस्तो छ देउवाले आयोगलाई दिएको बयानको सम्पादित अंश :
२०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिए र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ । भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामी माथि हातपात भयो र केही जियनजेडका युवाहरूले बचाए। हामी राति २२:०० बजेतिर सुरक्षित स्थान पुग्यौं ।
नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक संजालको विवरण ब्क्ष् नभलभचबतभम हुनुपर्छ । सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षड्यन्त्र हो तर कस्ले गर्यो थाहा भएन । मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण लगेको हो र कारबाही सम्बन्धमा जानकारी छैन । मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३–२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन ।
लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ । विद्यार्थी संगठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ । मुलुकमा गैर–राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुँदैन । तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ । देशमा युवाको भावना समेटेर नीतिगत, कानूनी र संस्थागत सुधार गर्नुपर्छ ।
प्रतिक्रिया 4