News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन गरेको थियो।
- प्रदर्शनका क्रममा प्रहरीले लाठ्ठी चार्ज गर्दा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए।
- सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै ओलीलाई पक्राउ गरेको दाबी गरेको छ।
१४ चैत, काठमाडौं । शनिबार दिउँसो साढे २ बजेतिर नेपाल प्रहरीको एक टोली काठमाडौं माइतीघर सडकको पेटीमा ढुंगा उठाइरहेको थियो । यसरी ढुंगा र इँटा उठाउनुको कारण हो– एमालेले आयोजना गरेको प्रर्दशन । सम्भावित दुर्घटना हुन नदिन सडक पेटीमा रहेको ढुंगा र इँटा प्रहरीले उठाएको थियो ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमाले सडकमा उत्रिएको हो । जेनजी आन्दोनमा दमन गरेको भन्दै तत्कालीन प्रधामन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रक्राउ गरेको थियो ।
अध्यक्ष ओलीलाई पक्राउ गरेपछि आक्रोशित भएको एमालेको सचचिवालय बैठकले दिँउसो ३ बजे माइतीघरमा प्रदर्शन गर्न जनवर्गीय संगठनलाई भनेको थियो ।
सोही अनुसार एमालेका नेता कार्यकर्ता ३ बजे माइतीघरमा भेला भएर प्रदर्शन गर्ने तयारी थियो । त्यसअघि नै सरकारले ठूलो मात्रमा प्रहरी सडकमा परिचालन गरेको थियो ।
पार्टीको निर्देशनअनुसार तोकिएको समयमै दिउँसो ३ बजे एमालेका नेता तथा कार्यकर्ता माइतीघरमा भेला हुन थालेका थिए ।

कार्की आयोगको प्रतिवेदन खारेज गर्न र अध्यक्ष ओलीलाई रिहाइ गर्न माग गर्दै माइतीघरमा नाराजुलुस गरिरहेका एमाले कार्यकर्ता आक्रोशित हुँदै बानेश्वरपतर्फ अगाडि बढेका थिए ।
‘सरकारले पूर्वाग्रह साँध्यो । स्वस्फूर्तरुपमा सडमा आएका हौँ,’ एमाले केन्दीय सदस्य एवं अखिलका पूर्वअध्यक्ष समिक बडालले भने ।
माइतीघरबाट काठमाडौं जिल्ला अदालतमा आइपुगेपछि प्रदर्शनकारीले टायर बाल्न थाले । तर, प्रहरीको टोलीले टायर बाल्न दिएन । तत्कालै आगो निभायो ।
प्रदर्शनकारीले माइतीघर–बबरमहल–विजुलीबजार क्षेत्र आसपासमा प्रर्दशन गरिरहे । पटक–पटक प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी पर्यो । पटक–पटक नै प्रदर्शनकारीले टायर बाल्ने प्रहरीले निभाउने क्रम चल्यो । सो क्रममा प्रहरीले लाठ्ठी चार्ज गर्यो भने प्रदर्शनकारीले ढुंगा पनि प्रहार गरे ।
प्रर्दशनकारीको एक टोली बबरहमहलबाट सिंहदरबारतर्फ पनि गयो । सो क्रममा सिंहदरबारको दक्षिण गेटमा बसेका एमालेका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो ।

‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने ।
यद्यपि, एमालेका जनवर्गीय संगठनले माइतीघर पुगेर कोणसभा गरे । अध्यक्ष ओलीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने चेतावनी एमालेले दिएको छ ।
‘भोली पनि प्रदर्शन हुन्छ । आन्दोलन रोकिँदैन । सरकारले प्रतिशोध साँधेर अध्यक्षलाई पक्राउ गरेको हो,’ युवासंघका प्रवक्ता निरोज पौडेलले भने, ‘भोलिबाट आन्दोलन थप सशक्त हुन्छ ।’
पक्राउ परेका अध्यक्ष ओलीलाई त्रिवि शिक्षण अस्पताल महारजगञ्ज अस्पतलामा राखिएको छ । लेखकलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

गत भदौ २४ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले ओली र लेखकलाई दोषी किटान गरेको छ ।
सोही अनुसार सकारले प्रतिवेदन कार्यान्वयन गर्न पक्राउ गरिएको जनाएको छ । एमालेले प्रतिशोध भनेको छ भने सरकारले न्यायसंगत पक्राउ गरेको दाबी गरेको छ ।
‘हामीले कुनै व्यक्ति विशेषलाई पक्राउ गर्ने भनेर होइन, हाम्रो वाचापत्रलाई कार्यान्वयनमा लैजाने क्रममा यो कदम चालिएको हो,’ सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘कार्की आयोगले बनाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने भन्ने स्पष्ट उल्लेख छ । हामीले एउटा मात्र होइन, धेरै वाचाहरूलाई समानान्तर रूपमा अगाडि बढाइसकेका छौं ।’
सडकमा उत्रिएको एमालेले भने चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय एमालेले गरेको छ । शनिबार प्रदर्शन गरेको एमालेले आइतबार जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने जनाएको छ ।
प्रतिक्रिया 4