+
+
Shares

म्याद गुज्रिएको मैदा र मस्यौरा बेच्ने आरआरआर सहितलाई ७ लाख बढी जरिबाना

म्याद गुज्रिएका सामान बिक्री गरेको, मूल्य र लेबल नराखेको तथा खरिद बिल चुस्त नराखेको पाइएपछि वाणिज्य विभागले जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
  • म्याद गुज्रिएका खाद्य सामग्री राखेको भन्दै विभागले कागेश्वरी मनोहराको आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालिलाई २ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
  • पानीमा मूल्य र लेबल नराखेका दुई बेभरेज कम्पनीसहित अन्य फर्मलाई पनि विभागले कारबाही र सचेत गराएको छ ।

१ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान उल्लंघन गरी म्याद गुज्रिएका सामान बिक्री गरेको, मूल्य र लेबल नराखेको तथा खरिद बिल चुस्त नराखेको पाइएपछि विभागले अनुगमनकै क्रममा ती फर्मलाई तत्कालै नगद जरिबाना तिराएको हो ।

सबैभन्दा ठूलो कारबाही आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालिलाई गरिएको छ । कागेश्वरी मनोहरास्थित उक्त फर्ममा म्याद गुज्रिएका मैदा, मस्यौरा लगायत खाद्य सामग्री फेला परेपछि विभागले २ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

त्यस्तै शंखरापुरमा रहेको सलम्बु फुड एन्ड बेभरेज प्रालिलाई पानीमा मूल्य र लेबल नभएका कारण २ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको छ भने सोही प्रकृतिको कसुरमा कागेश्वरी मनोहराकै श्री कृष्ण बेभरेजलाई २ लाख १ हजार जरिबाना तिराइएको छ ।

अनुगमनकै क्रममा ललितपुर सातदोबाटोमा सञ्चालित एप्पल इन्टरप्राइजेज प्रालिलाई लेबल सम्बन्धी नियम पालना नगरेको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यसैगरी कोटेश्वरको शिवम् स्टोरले सामान खरिद गरेको बिल नराखेको पाइएपछि ५ हजार रुपैयाँ जरिबानामा परेको छ ।

नगद जरिबाना बाहेक विभागले अन्य ८ व्यावसायिक प्रतिष्ठानलाई भने तत्कालका लागि सचेत गराउँदै सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?