+
+
Shares

विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहित कांग्रेसको परिपत्र

नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई नियमित महाधिवेशन वैशाखमा गर्ने परिपत्र पठाएको छ।
  • पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबैलाई क्रियाशील हुन भनिएको परिपत्र जारी गर्नुभएको छ।
  • पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार १९ गते मिति भएको परिपत्र कांग्रेसले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ।

२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।

पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र कांग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?