+
+
Shares

विश्वप्रकाशको प्रस्ताव : बुढीगण्डकीको पानी चितवनमा जम्मा गर्ने, तराईमा वितरण गर्ने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:०६

२८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएको बताएका छन् ।

पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस गर्दै आयोजना सुरु गर्ने तयारी अवस्थामा भए पनि ढिलाइ गर्नु गल्ती भएको बताएका हुन् ।

यस्तो छ उनको प्रस्ताव

बुढीगण्डकी परियोजना निर्माणका लागि रेडि टु टेक अफ स्थितिमा छ । फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने, १२ सय मेगावाटको बिधुत उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा संकलन गरेर मधेसको पिउने पानी, सिंचाइ र सुख्खा समस्या हल हुने यस्तो परियोजना निर्माण शुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती थियो । सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिश्चित हुन नसकेको निर्विवाद छ ।

(विशेष महाधिवेशन सरकार, डायस्पोरामा रहेका गैह्र आवासीय नेपाली अनि निजिक्षेत्र (GDPP model) गांसेर यो परियोजनामा अघि बढाउन आगामी सरकार र संसदलाई
अपील गर्दछ)

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?