+
+
Shares

कांग्रेसको १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ।
  • बैठक आज बुधबार सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ ।

१८ पुस को कार्यसम्पादन समितिको बैठकमा आगामी वैशाखमा १५ औं महाधिवेशनका लागि नया कार्यतालिका ल्याउने गरी भएको निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको हो ।

आज बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको नेताहरूले जानकारी दिएका छन् ।

उता भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अघि बढिरहेको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?