News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारी टोली निर्वाचन आयोगमा पुगेको छ।
- उनीहरूले पार्टी कार्यसमिति नयाँ चयन भएको जानकारी आयोगमा गराउने बताएका छन्।
- समानुपातिकतर्फको बन्दसूची संशोधन र गगन थापाको हस्ताक्षर राख्ने प्रस्ताव पनि आयोगमा पेश गर्ने तयारी छ।
१ माघ, काठमाडौं । विशेषम महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारीसहितको टोली अहिले निर्वाचन आयोगमा पुगेको छ । आफू नेतृत्वको कांग्रेस नै आधिकारित दाबी गर्दै थापासहित पदाधिकारीको टोली निर्वाचन आयोग पुगेको हो ।
आयोगमा उनीहरूले पार्टी कार्यसमिति नै नयाँ चयन भएको जानकारी गराउने बताएका छन् । त्यस्तै यसअघि बुझाइएको समानुपातिकतर्फको बन्दसूची संशोधन, शेरबहादुर देउवाको हस्ताक्षरको ठाउँमा गगन थापाको हस्ताक्षर राख्ने प्रस्ताव पनि उनीहरूले आयोगमा गर्दैछन् ।
अहिले आयोगमा भइरहेको छलफलमा थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित पदाधिकारी छन् । त्यस्तै कानुन व्यवसायीहरू पनि सहभागी छन् ।









कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4