+

टी-२०आई ब्याटिङ वरियता : चीनविरुद्ध शतक प्रहार गरेका भुर्तेलको २ स्थान सुधार

२०८३ जेठ  २० गते १४:५४ २०८३ जेठ २० गते १४:५४
टी-२०आई ब्याटिङ वरियता : चीनविरुद्ध शतक प्रहार गरेका भुर्तेलको २ स्थान सुधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका छन् ।
  • चीनविरुद्धको खेलमा भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १२९ रन बनाएका थिए ।
  • आईसीसीको नयाँ अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर पाँचौं स्थानमा पुगेका छन् ।

२० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक ४९६ भएको छ ।

नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले आइतबार चीनलाई पराजित गरेको थियो ।

उक्त खेलमा भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रन बनाएका थिए । उक्त प्रदर्शनका बाबजुद उनको वरियता २ स्थान मात्र सुधार भएको हो ।

ब्याटिङ वरियतामा रोहित पौडेल ८८औं स्थानमा छन् भने आसिफ शेख ९६औं स्थानमा छन् ।

अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर पाँचौं स्थानमा पुगेका छन् ।

आईसीसी ब्याटिङ वरियता आईसीसी वरियता कुशल भुर्तेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय