News Summary
Generated by OK AI. Editorially reviewed.- १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको एकल कातामा नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले स्वर्ण पदक जितेका छन् ।
- मित्रपार्कस्थित टेक्सास कलेजमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा २५४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
- नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताका फाइनल खेलहरू शनिबार हुनेछन् ।
२२ जेठ, काठमाडौं । नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा सुलभ तथा महिलामा अंकिता पहिलो भएका हुन् ।
मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा प्रतियोगिताको पुरुषमा भारतका मोहम्मद ताहसिन उद्दिन अन्सारीले रजत तथा नेपालका निश्चल राई र भारतका दर्शित राठीले कांस्य जिते ।
नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिलामा नेपालकी अनुज्ञा अधिकारी दोश्रो तथा भारतका सुहाना शाह र नभोलग्न बरिक तेश्रो भए ।
प्रतियोगिताको आयोजक टेक्सासका प्रिन्सिपल डा. श्यामसुन्दर श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ गरी जम्मा २ सय ५४ खेलाडी सहभागी छन् ।
पुरुष/महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार सम्पूर्ण स्पर्धाका सेमिफाइनल र फाइनल खेल हुनेछ ।
प्रतिक्रिया 4