News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी अधिकारीहरूले सन् २०२६ को फिफा विश्वकपका लागि इरानी खेलाडी र सहयोगी स्टाफलाई अमेरिका प्रवेशको भिसा जारी गरिएको पुष्टि गरेका छन् ।
- भिसा प्रक्रियामा ढिलाइ भएपछि इरानी टोलीले मे महिनाको अन्त्यतिर आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोमा सारेको थियो ।
- यसै साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताउनुभएको थियो ।
२३ जेठ, काठमाडौं । अमेरिकी अधिकारीहरूले सन् २०२६ फिफा विश्वकपका लागि इरानका खेलाडी तथा सहयोगी स्टाफलाई अमेरिका प्रवेशका लागि आवश्यक भिसा जारी गरिएको पुष्टि गरेका छन् ।
इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध विश्वकपको पहिलो खेल खेल्ने तालिका रहेको छ। त्यसको १० दिनअघि मात्रै भिसा स्वीकृत भएको हो ।
अमेरिकी अधिकारीहरूले जारी गरेको वक्तव्यमा प्रतियोगिताका लागि आवश्यक खेलाडी र सहयोगी स्टाफलाई भिसा दिइएको उल्लेख गर्दै यस प्रक्रियाको दुरुपयोग गरेर कुनै आतंकवादीलाई झुटो बहानामा अमेरिका प्रवेश गर्न नदिने बताएका छन् ।
इरान फुटबल महासंघले भने भिसा स्वीकृतिबारे हालसम्म सार्वजनिक प्रतिक्रिया जनाएको छैन ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन ११ देखि सुरु हुँदैछ । यो विश्वकप पहिलो पटक आयोजक राष्ट्रले आफू युद्धरत रहेको देशको टोलीलाई स्वागत गर्ने संस्करण पनि हुनेछ ।
भिसा समस्याका कारण इरानले मे महिनाको अन्त्यतिर आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनबाट मेक्सिकोमा सारेको थियो । इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले त्यसबेला भिसा समस्याका कारण यस्तो निर्णय गरिएको बताएका थिए ।
गत शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जनाएको थियो ।
यसै साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताएका थिए ।
इरानी टोलीका केही खेलाडीले भने उक्त सैन्य संगठनसँग अनिवार्य सैन्य सेवा पूरा गरिसकेका छन् ।
-बीबीसीबाट
प्रतिक्रिया 4