+

१८औं इन्डो-नेपाल खुला कराते प्रतियोगितामा बाघ भैरव टिम च्याम्पियन

२०८३ जेठ  २३ गते २१:०६ २०८३ जेठ २३ गते २१:०६
१८औं इन्डो-नेपाल खुला कराते प्रतियोगितामा बाघ भैरव टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि जितेको छ ।
  • प्रतियोगितामा कुल ७ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै बाघ भैरव टोली च्याम्पियन बनेको हो ।
  • यस प्रतियोगितामा पुरुषतर्फ रोशन खत्री र महिलातर्फ अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

२३ जेठ, काठमाडौं । नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाघ भैरवले समग्रमा ७ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो ।

मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित भारत दोश्रो भयो । नेपालको ठैब डोजो ४ स्वर्ण र १ कांस्य सहित तेश्रो स्थानमा रह्यो ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुषमा अरनिको डोजोका रोशन खत्री तथा महिलामा चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक टेक्सासका कार्यकारी अध्यक्ष भेषराज पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ गरी जम्मा २ सय ५४ खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् ।

१८औं इन्डो-नेपाल खुला कराते प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय