News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुरूप पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रूपैयाँ घटाएको छ।
- मूल्य घटाएको विरोधमा निजी पेट्रोल पम्प सञ्चालकहरूले आज देशभर इन्धन विक्री वितरण बन्द गरेका छन्।
- निजी पम्प बन्द हुँदा काठमाडौंका सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरूमा उपभोक्ताको लामो लाइन लागेको छ।
१७ असार, काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको हो ।
तर पेट्रोलियम पदार्थ विक्री गर्दै आएका निजी पेट्रोल पम्प सञ्चालकहरूले भने धेरै मूल्य घटाएको भन्दै विक्री वितरण नै बन्द गरेका छन् । काठमाडौंका निजी पेट्रोल पम्प आज बन्द छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा भने विक्री वितरण भइरहेको छ ।
अन्य पम्प बन्द भएपछि तीनै सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरूमा लामो लाइन लागेको छ । काठमाडौंको भद्रकालीस्थित नेपालीको सेनाको पम्पमा अहिले पेट्रोल भर्नका लागि बाइक, स्कुटरसहित लामो लाइन लागेको छ ।

प्रतिक्रिया 4