+
+
Shares

कांग्रेस १५औं महाधिवेशन LIVE : उद्घाटनदेखि प्रतिस्पर्धाको रौनक

उद्घाटनदेखि प्रतिनिधिको चहलपहल, नेताहरूको गतिविधि, उम्मेदवारी र प्रतिस्पर्धासम्म महाधिवेशनका प्रमुख घटनाक्रम यहाँ निरन्तर अपडेट हुनेछन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ११:३३

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। पुस्तान्तरणको नारासहित विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिले नियमित महाधिवेशन आयोजना गर्न लागेको हो।

हेर्नुहोस् Live: 


दुई कार्यकाल कांग्रेसको नेतृत्व सम्हालिसकेका पूर्वप्रधानमन्त्री र उनीनिकट केही नेता यो महाधिवेशनको प्रक्रियाबाट बाहिर रहेकाले नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ।

उद्घाटनदेखि प्रतिनिधिको चहलपहल, नेताहरूको गतिविधि, उम्मेदवारी र प्रतिस्पर्धासम्म महाधिवेशनका प्रमुख घटनाक्रम यहाँ निरन्तर अपडेट हुनेछन्।

हेर्नुहोस् अनलाइनखबरको LIVE Feed :

Live Updates

३५ ताजा अपडेट
58 seconds ago, 12:56:27
कांग्रेस सहमहामन्त्रीमा विकास कोइरालाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर-४ मा दोस्रो संविधानसभा चुनावमा उनले बागी उम्मेदवारी दिएका थिए ।

थप पढ्नुहोस
4 minutes ago, 12:53:50

बीपीले कांग्रेसलाई प्रजातन्त्रको बाटोमा लगे । गणेशमानले कम्युनिस्टसँग सहकार्य गर्दै २०४६ सालको जनआन्दोलन हाँके । गिरिजाले कांग्रेसलाई राजतन्त्रबाट गणतन्त्रसम्म लैजाने बाटो खोले । सुशीलले संविधान निर्माणको जिम्मेवारी पूरा गरे । देउवाले कांग्रेसलाई सत्ता राजनीतिको पर्यायवाची बनाए । अब गगनले के गर्लान् ?

दुर्गा खनालको स्टोरीः

राणा-राजा फाल्ने कांग्रेस, आफैं किन खुम्चियो ?

14 minutes ago, 12:43:39
खुलामञ्च कहाँ-कहाँबाट जाँदैछन् कांग्रेस नेता–कार्यकर्ताहरू ?
  • गौशालाबाट प्रतिनिधि तथा नेता–कार्यकर्ता खुलामञ्चतर्फ जाँदैछन्।
  • कोटेश्वर क्षेत्रमा बसेका प्रतिनिधि खुलामञ्चतर्फ लागिरहेका छन्।
  • लाजिम्पाटबाट कांग्रेसका प्रतिनिधि तथा शुभेच्छुकहरू कार्यक्रमस्थलतर्फ आउँदैछन्।
  • ठमेल क्षेत्रमा रहेका महाधिवेशन प्रतिनिधि खुलामञ्चतर्फ जाने क्रम बढेको छ।
  • बालाजुबाट पनि नेता–कार्यकर्ता तथा प्रतिनिधि खुलामञ्चतर्फ लागिरहेका छन्।
  • नयाँ बसपार्क क्षेत्रमा बसेका प्रतिनिधिहरू कार्यक्रमस्थलतर्फ जाँदैछन्।
  • सुन्धाराबाट प्रतिनिधि तथा शुभेच्छुकहरू खुलामञ्चतर्फ पुगिरहेका छन्।
  • कलंकी क्षेत्रबाट पनि नेता–कार्यकर्ता खुलामञ्चतर्फ आउँदैछन्।
  • उपत्यका बाहिरबाट आएका प्रतिनिधिका ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन पार्किङका रूपमा प्रयोग गरिँदैछ।
  • निजी सवारीसाधनका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

No description available.

19 minutes ago, 12:37:59
कांग्रेसकी पूर्वसचेतक ईश्वरीदेवीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय आएकीकी न्यौपानेले पार्टीलाई थप सशक्त, लोकप्रिय र जनतासँग जोडिएको संगठनका रूपमा विकास गर्ने प्रतिबद्धतासहित सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

21 minutes ago, 12:36:46
कांग्रेसले प्रतिनिधिलाई दिएको झोलामा के छ ?

महाधिवेशनमा सहभागी हुने केन्द्रीय प्रतिनिधिहरूको तीन हजार पाँच सय तिरेर रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।

रजिस्टेशनपछि प्रत्येक प्रतिनिधिलाई पार्टीले एउटा झोला दिएको छ । प्रवक्ता चालिसेका अनुसार, उक्त झोला बोकेको मान्छे महाधिवेशनको प्रतिनिधि हो भनेर चिन्न सहज हुनेछ ।

उक्त झोलामा विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।

झोलामा के छ ? 

23 minutes ago, 12:34:22
कांग्रेसले कार्यकर्तालाई दस्तावेज डिजिटल स्वरूपमा दिने

नेपाली कांग्रेसले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक दस्तावेजहरू आफ्ना नेता तथा कार्यकर्ताहरूलाई डिजिटल माध्यमबाट पनि उपलब्ध गराउने तयारी गरेको छ ।

कागजी दस्तावेजमा निर्भरता घटाउन कांग्रेसले यस्तो तयारी गरेको हो । त्यस्तै, महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई सुरक्षित अभिलेखमा राख्ने र दस्तावेजमा समेट्नेगरी कांग्रेसले तयारी गरेको छ ।

31 minutes ago, 12:26:13
१५औं महाधिवेशनबारे उपसभापति विश्वप्रकाश शर्मा के भन्छन् ?

‘विशेष महाधिवेशन फोर्स ल्यान्डिङ थियो, अब कांग्रेसले सेफ ल्यान्डिङ गर्छ’

'महाधिवेशनमा प्यानल बन्दैन, दस्तावेजमा खुलस्त बोल्न पाइन्छ'

यो अधिवेशनमा सहभागी हुँदै गर्दा विगतमा भन्दा धेरै फरक चित्रहरू छन् । कोही कांग्रेस सदस्य भएवापत गाउँमा द्वन्द्वबाट प्रभावित भएर बसे । कसैले आफ्नो आँखा अघिल्लोतिर बाबा गिँडिएको देखे । कोही परिवारमा जवान छोरा या छोरीको मृत्यु भयो । त्यस्ता द्वन्द्व प्रभावितलाई पनि अहिलेको विधानले चिनेको छ ।

34 minutes ago, 12:23:23
बीपीको चिट्ठी : ‘नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ’

बीपीको चिट्ठी :

ममाथिको तपाईंको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईंहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ।

बीपीले आफ्ना नेता कार्यकर्तालाई लेखेको पत्रमा के छ ?

‘नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ’

37 minutes ago, 12:20:31
‘कांग्रेसमा झगडाको बीउ स्थापनाकालमै रोपिएको थियो’

पहिलो कुरा कांग्रेसको एकता हो। एकता भएन भने कांग्रेसलाई अरू कसैले हराउनुपर्दैन। जति चुनाव हुन्छ, उसले आफैँलाई हराउँछ। कांग्रेसमाथि लागेको आरोप र गुमेको जनविश्वास पुनःस्थापित गर्ने बाटो उसको भावी नीतिले निर्धारण गर्छ।

डा. जगत नेपालसँग कुराकानीः

44 minutes ago, 12:13:39
कांग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारको उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

कुपन्डोलमा आइतबार बिहान पत्रकार सम्मेलन गर्दै सत्तारले मुस्लिम क्लस्टरतर्फबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।

सत्तार कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष हुन्। उनले करिब १५ वर्ष संघको नेतृत्व गरेका थिए।

उनी १२औँ महाधिवेशनदेखि कांग्रेसका महाधिवेशन तथा महासमिति सदस्य रहँदै आएका थिए। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका सत्तार गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनेका थिए।

 

49 minutes ago, 12:08:00
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने

नेपाली कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ । विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने भएको हो ।

पार्टीको नेतृत्वमा आउने चाहने आंकाक्षीहरूको सहज व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको हो । पार्टीभित्रका फरक मनोविज्ञानहरूलाई समेत समेट्नुपर्ने दबाबमा नेतृत्व परेपछि संख्या थप्न लागिएको हो ।

थप पढ्नुहोस
50 minutes ago, 12:07:37
महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिने भएका छन् । युवा विश्लेषक तिवारीले आइतबार विहान पत्रकार सम्मेलन गरेर महामन्त्रीको उम्मदेवार हुने घोषणा गरेका हुन् ।

वैचारिक आधार बोकेर महामन्त्रीको उम्मदेवारी दिन लागेको तिवारीले बताए । ‘कांग्रेसको भनेको एउटा विचार हो । कांग्रेसको विचारको रक्षाको लागि । लोकतन्त्र प्रश्न विना वाँच्न सक्दैन । वैचारिक दृष्टिकोण बोकेर उम्मेदवारी दिने भएको हुँ ।’

थप पढ्नुहोस
50 minutes ago, 12:07:13
कांग्रेस बन्दसत्रका लागि ३ हल : हिमाल, पहाड र तराई-मधेश

 नेपाली कांग्रेसले १५ औं महाधिवेशनको बन्दसत्रका लागि तीनवटा हल तयार पारेको छ ।

खुलामञ्च क्षेत्रमै तयार पारिएका हलका नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’ राखिएको छ ।

थप पढ्नुहोस
51 minutes ago, 12:06:44
कांग्रेस महाधिवेशनमा वैचारिक बहस

कांग्रेसको यो महाधिवेशनमा बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई बदलिएको विश्व अर्थतन्त्र, निजी क्षेत्रको विस्तार, युवा पुस्ताको अपेक्षा र नयाँ प्रविधिसँग जोडेर पुनर्व्याख्या गर्ने बहस भइरहेको नेताहरूले जानकारी दिएका छन् ।

महाधिवेशनबाट कांग्रेसले निजी लगानी, उत्पादन, रोजगारी, लगानी सुरक्षा र कर स्थायित्वलाई आर्थिक विकासको आधारका रूपमा अघि सार्ने संकेत गरेको छ। यी विषय आगामी राजनीतिक तथा आर्थिक दस्तावेजमा कति स्पष्ट रूपमा समेटिन्छन् र कार्यान्वयनमा कसरी जान्छन् भन्ने चासोको विषय बनेको छ।

 

57 minutes ago, 12:00:18
ऐतिहासिक ठाउँमा कांग्रेसको १५औँ महाधिवेशन

कांग्रेसको १५औँ महाधिवेशन टुँडिखेलस्थित खुलामञ्चमा हुँदैछ, जहाँ पार्टीका संस्थापक नेता बीपी कोइरालाले निर्वासनबाट फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेका थिए।

यही क्षेत्रसँग २०४६ सालको जनआन्दोलनको राजनीतिक इतिहास पनि जोडिएको कांग्रेसले उल्लेख गरेको छ।

 

58 minutes ago, 11:59:43
राजनीतिबाहिरका विज्ञलाई पनि केन्द्रीय नेतृत्वमा ल्याउने बाटो

कांग्रेसले पेसा, व्यवसाय तथा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको केन्द्रीय संरचनामा ल्याउने व्यवस्था गरेको छ।

यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीका लागि जनसम्पर्क समितिबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था पनि गरिएको छ।

 

58 minutes ago, 11:59:02
३५ वर्षमुनिका २१ युवा केन्द्रीय नेतृत्वमा आउने

यसपटकको महाधिवेशनमा युवा प्रतिनिधित्वका लागि पनि नयाँ व्यवस्था कार्यान्वयन हुँदैछ।

३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने पार्टीका विभिन्न तहमा महिलाको कम्तीमा एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

1 hour ago, 11:57:01
२३२ सदस्यीय हुँदैछ कांग्रेसको केन्द्रीय कार्यसमिति

नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ।

१७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ भने सहमहामन्त्रीको संख्या ८ बाट बढाएर ११ पुर्‍याइएको छ।

1 hour ago, 11:56:46
तडकभडकपूर्ण प्रचारमा रोक

रसुवाको भोटेकोशी विपद्का कारण मुलुक शोकमा रहेका बेला कांग्रेसले महाधिवेशनमा भड्किलो प्रचार नगर्ने नीति लिएको छ। महाधिवेशन स्थल र आसपास फ्लेक्स, ब्यानर, पोस्टर तथा अन्य प्रिन्ट सामग्री राख्न रोक लगाइएको छ भने डिजिटल माध्यमबाट प्रचार गर्न उम्मेदवारलाई आग्रह गरिएको छ।

1 hour ago, 11:56:33
१५ समितिमार्फत तयारी, आवासदेखि स्वास्थ्यसम्म व्यवस्था

महाधिवेशन व्यवस्थापनका लागि गठन गरिएका १५ वटा समितिले आ–आफ्नो तयारी पूरा गरेका छन्।

प्रतिनिधिका लागि काठमाडौंका विभिन्न स्थानमा आवास, भृकुटीमण्डपमा भोजन, खुलामञ्चमै मिडिया सेन्टर तथा स्वास्थ्य सेवा र आकस्मिक अवस्थाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको छ।

1 hour ago, 11:55:58
यी हुन् कांग्रेस महाधिवेशनका लागि बनेका १५ समिति
  • केन्द्रीय निर्देशन समिति : संयोजक गगनकुमार थापा
  • आर्थिक व्यवस्थापन समिति : संयोजक उमेश श्रेष्ठ
  • सूचना, सञ्चार तथा प्रविधि समिति : संयोजक देवराज चालिसे
  • मिडिया सेन्टर : प्रमुख जीवन भण्डारी
  • सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति : संयोजक उदयशमशेर राणा
  • अतिथि स्वागत समिति : संयोजक डा. डिला संग्रौला पन्त
  • महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति : संयोजक काठमाडौं जिल्ला सभापति
  • प्रदेश तथा स्थानीय तहगत समन्वय समिति : संयोजक बहादुरसिंह लामा
  • ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति : संयोजक सुधीर शिवाकोटी
  • स्वयंसेवक व्यवस्थापन समिति : संयोजक गणेश लामा
  • भोजन व्यवस्थापन समिति : संयोजक तिलक रानाभाट
  • आवास व्यवस्थापन समिति : संयोजक रमेशप्रसाद धमला
  • स्वास्थ्य समिति : संयोजक डा. केदारनरसिंह केसी
  • यातायात व्यवस्थापन समिति : संयोजक विजयबहादुर स्वाँर
  • सांस्कृतिक–साहित्यिक संयोजन समिति : संयोजक सीता गुरुङ
1 hour ago, 11:55:30
खुलामञ्चमै उद्घाटन र बन्दसत्र

यसपटक कांग्रेसको उद्घाटन र बन्दसत्र एउटै स्थान, काठमाडौंको खुलामञ्चमै हुँदैछ। ठूलो संख्यामा प्रतिनिधि व्यवस्थापन गर्न तीनवटा ठूला संरचना तयार गरिएका छन्, जहाँ हिमाल, पहाड र तराई–मधेसका आधारमा प्रतिनिधिलाई समूह बनाएर प्रतिवेदनमाथि छलफल गराइनेछ।

1 hour ago, 11:55:12
करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदै

कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। निर्वाचन समितिका अनुसार कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

1 hour ago, 11:54:54
आज उद्घाटन, २१ र २२ गते निर्वाचन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। असोज १८ गते उद्घाटन, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुने कार्यतालिका छ।

निरन्तरको वर्षाका कारण यसअघि असोज १६ गतेका लागि तय गरिएको महाधिवेशन दुई दिनपछि सारिएको हो।

1 hour ago, 11:50:47
प्रकाश रसाईलीको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेस सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले १५औँ महाधिवेशनलाई कांग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिका चुनौती सामना गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।

नागरिकमा बढेको निराशा अन्त्य गर्दै बलियो कांग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउनुपर्ने रसाईलीको भनाइ छ। रसाईलीले कांग्रेसको विधान र संरचनाले नेपालको विविधता प्रतिबिम्बित गर्ने गरी समावेशी चरित्र बोकेको दाबी गरेका छन्।

1 hour ago, 11:45:08
देउवालाई कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिको निम्ता

नेपाली कांग्रेसले भोलिबाट सुरु हुने १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो ।

पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको सहमहामन्त्री चौधरीले बताए ।

थप पढ्नुहोस
1 hour ago, 11:44:39
कांग्रेस गुटबन्दीका ८ दशक : वैचारिक मतभेददेखि विभाजनको संघारसम्म

नेपाली कांग्रेसको इतिहास प्रजातान्त्रिक आन्दोलन र सत्ताको यात्रामा मात्र सीमित छैन । स्थापनाकालदेखि नै नेतृत्वबीचको टकराव, शक्ति–संघर्ष, गुटबन्दी र विभाजनका घटनाक्रमहरू कांग्रेस इतिहासका महत्वपूर्ण पाटा हुन् ।

२००६ सालमा दुई भिन्न राजनीतिक धारको एकीकरणबाट जन्मिएको कांग्रेसमा सुरुवातकै दिनदेखि आन्दोलनको शैली र राजनीतिक पृष्ठभूमिमा स्पष्ट भिन्नता थियो । दुई पार्टी मिलेर अस्तित्वमा आएको केही वर्षमै कांग्रेसका संस्थापक नेताहरूबीच शक्ति–संघर्ष सुरु भएको थियो ।

विस्तृतमा केशव सावदको रिपोर्टः

 

थप पढ्नुहोस
1 hour ago, 11:42:08
कांग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

थप पढ्नुहोस
1 hour ago, 11:41:45
कांग्रेस महाधिवेशनको बन्दसत्र खुलामञ्चमै, डिजिटल बोर्डमा प्रत्यक्ष हेर्न सकिने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उदघाटन हुँदैछ ।

भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ । महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

थप पढ्नुहोस
1 hour ago, 11:41:10
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल केन्द्रीय सदस्य छिन् ।

थप पढ्नुहोस
1 hour ago, 11:40:29
रोल्पाबाट महामन्त्रीसहितका पदमा ४ जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रोल्पाबाट चार जनाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने १५औं महाधिवेशनमा रोल्पाबाट महामन्त्री, सहमहामन्त्री र दुई केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा भएको हो।

थप पढ्नुहोस
1 hour ago, 11:39:54
कांग्रेस महाधिवेशनमा विद्युतीय मतदान नहुने

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ नहुने भएको छ ।

विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा आउन एक दिनभन्दा बढी समय लाग्ने भन्दै कागजी विधिबाट मतदान गराउन लागिएको हो ।

थप पढ्नुहोस
1 hour ago, 11:39:21
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए ।

थप पढ्नुहोस
1 hour ago, 11:38:41
भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने, तर ससर्त

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे सार्वजनिक भएको हो ।

 

थप पढ्नुहोस
1 hour ago, 11:35:52
कांग्रेस महाधिवेशन उद्घाटनमा रवि, प्रचण्ड जाने, ओली नजाने

नेकपा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । उनको सट्टा महासचिव शंकर पोखरेल सहभागी हुने छन् ।

थप पढ्नुहोस
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?