Comments Add Comment

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

११ असोज, कैलाली । गौरीफन्टा सीमा नाकाबाट अवैध रुपमा सुनका गहना ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका-२ का २२ वर्षीय मोहन कटुवाल (भुल) र १९ वर्षीय सुमित भुजेल रहेका छन् ।

भारतको मुम्बईबाट आउँदै गरेका उनीहरुको साथबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले सुनका गहना कहाँबाट ल्याएका हुन् भन्नेबारेमा थप अनुसन्धान भइरहेको छ ।

थप एकजना पक्राउ

यसैगरी आइतबार प्रहरीले अवैध सुन प्रकरणमा थप १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा डोटीको केआईसिह गाउँपालिका-२ का २८ वर्षीय शिव भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

आइतबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment