Comments Add Comment

आइफोन

List Grid
आइफोन ११ को डिस्प्लेमा समस्या, एप्पलले सित्तैमा डिस्प्ले फेरिदिने

एप्पलको आइफोन ११ को डिस्प्लेमा समस्या देखिएको छ । उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै एप्पलले आइफोन ११ को डिस्प्ले नि:शुल्करुपमा परिवर्तन गरिदिने कार्यक्रम सुरु गरेको छ । एप्पलका अनुसार आइफोन ११ को डिस्प्लेमा यस्तो समस्या देखिएको छ जसका कारण डिस्प्लेमा छुँदा रेस्पोन्ड हुँदैन । २०१९ को नोभेम्बर देखि सन् २०२० को मे महिनाको बीचमा उत्पादन भएका […]

यी आइफोनमा प्राप्त हुनेछैन आइओएस १५ को अपडेट

काठमाडौं । अधिकांश एन्ड्रोइड स्मार्टफोन कम्पनीहरुले आफ्ना पूराना स्मार्टफोनहरुमा २/३ वर्षपछि नयाँ अपडेट दिन बन्द गर्दछन् । तर एप्पलको हकमा यस्तो छैन । एप्पलका डिभाइसहरुमा कम्तिमा पनि पाँच वर्षसम्म अपडेट्स प्राप्त हुने गरेको छ । हालै एप्पलको आसन्न अपरेटङ सिस्टम आइओएस १५ को अपडेट मात्र हुने आइफोनहरुको सूचि सार्वजनिक भएको छ । सार्वजनिक भएको सूचि […]

एप्पलको कीर्तिमान, आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले आइफोन बिक्रीको आँकडामा नयाँ कोशेढुङ्गा पार गरेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । योसँगै विश्वमा हरेक ७ जनामध्ये एकजनाले आइफोन चलाउँदछन् । यद्यपि प्रिमियम अर्थात महँगो फोनको रुपमा रहेको आइफोनका प्रयोगकर्ताको संख्या विश्वभर समान भने छैन । विकसित देशहरुमा आइफोन प्रयोगकर्ताको संख्या उच्च […]

२० वर्षपछि डेढ फिट लामो आइफोन !

काठमाडौं । एप्पलले हालै लञ्च गरेको आइफोन १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चको छ । अर्थात् सन् २००७ मा बजारमा आएको आइफोन भन्दा यसको साइज दोब्बर छ । सबैलाई विदितै छ कि स्मार्टफोन बजारमा ठूलो डिस्प्ले भएका डिभाइसहरुको माग बढिरहेको छ र कम्पनीहरु यही आवश्यकतालाई मनन गर्दै ठूला आकारका फ्लागशीप डिभाइसहरु उत्पादन गरिरहेका छन् […]

चीनमा के होला नयाँ आइफोनको भविष्य ?

एप्पलले मंगलबार सार्वजनिक गरेको आइफोन १२ संस्करणले चिनियाँ बजारमा आफूलाई कसरी उभ्याउला भन्ने प्रश्न सर्वत्र उठेको छ । अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनिया स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको अवस्थामा नयाँ आइफोनको चिनिया बजारमा भविष्य के होला ? भन्ने चासोको विषय बन्नु स्वभाविकै हो । एप्पलले सार्वजनिक गरेका ४ नयाँ आइफोनका विषयमा […]

यस्ता छन् एप्पलले ल्याएका नयाँ आइफोन

लामो प्रतिक्षालाई चिर्दै एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ । एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् । एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् । […]

१३ अक्टोबरमा एप्पलको नयाँ आइफोन

काठमाडौं । नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ । अक्टोबर १३ मा एप्पलले आफ्नो आइफोनको […]

सेप्टेम्बर १५ मा एप्पलको विशेष समारोह, नयाँ आइफोन सार्वजनिक होला ?

काठमाडौं । हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष कार्यक्रमको आयोजना गरी आइफोन लगायतका आफ्ना नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गरेको एप्पलले यो पटक पनि त्यसलाई निरन्तरता दिने भएको छ । तथापि कोरोना भाइरस महामारीका कारण यो पटक एप्पलको उक्त समारोह भर्चुअल विधिबाट हुनेछ । सेप्टेम्बर १५ तारेखमा आयोजना हुने एप्पलको सो भर्चुअल इभेन्टमा नयाँ संस्करणका आइफोनसँगै […]

आइफोन १२ भारतमा बन्ने, १२ मेगापिक्सेलको मुख्य क्यामरा

आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् । केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ […]

आइफोन १३ मा पाँच वटा क्यामरा

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् । तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल्याउने अनुमान गरिएको आइफोन १३ […]

ट्रम्पका कारण आइफोनको मूल्य दोब्बर हुन सक्ने !

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी प्रबिधि कम्पनि एप्पललाई ठूलो दबाब परेको छ । आइफोनसहित धेरैजसो प्रोडक्टको उत्पादन चीनमा गर्ने एप्पललाई यतिबेला त्यस्ता प्रोडक्ट अमेरिकाभित्रै उत्पादन गर्न दबाब परिरहेको छ । चुनावी अभियानका क्रममा ट्रम्पले एप्पलको नामै लिएर पटकपटक भनेका थिए कि, एप्पलले चीनमा बिजनेस दिएर अमेरिकी जनतालाई धोका दिएको छ, रोजगारी खोसेको छ । […]

आइफोन सेभेन सेप्टेम्बर ७ मा सार्वजनिक हुने

महिनौँदेखिका अनुमान, अफवाह तथा चुहिएका समाचार र जानकारीलाई चिर्दै अन्ततः एप्पलको नयाँ संस्करणको आइफोन, आइफोन सेभेन सार्वजनिक हुने मिति तय भएको छ । एप्पल कम्पनीले आफ्नो नयाँ संस्करणको आइफोन आगामी सेप्टेम्बर ७ मा सार्वजनिक गर्ने निधो गरेको हो । आइफोन सेभेन सार्वजनिक गरिने प्रडक्ट लञ्च इभेन्टमा उपस्थित हुनका लागि एप्पलले संचारमाध्यमहरुलाई निम्तो पठाउन (प्रेस इन्भाइट) […]

यस्तो हुनेछ एप्पलको आइफोन सेभेन (भिडियो सहित)

केही समयअघि यस्तो तस्वीर सार्वजनिक भएको थियो जसमा एप्ललको आगामी आइफोन सेभेनको नयाँ इयरपड देखाइएको थियो । अहिले फेरि एक भिडियो सार्वजनिक भएको छ । जसमा बजारमा आउन थालेको भनिएको एप्पलको आइफोन सेभेन देखाइएको छ । ७ सेकेण्डको उक्त भिडियोमा आइफोन सेभेन दाबी गरिएको स्मार्टफोनको पछाडिको भाग देख्न सकिन्छ । भिडियोमा देखिने स्मार्टफोनको ब्याक प्यानल […]

आइफोन कभर प्रयोग गरेर विमानमै आत्महत्या प्रयास, नेपाली भएको आशंका

१५ वैशाख, काठमाडौं । एक व्यक्तिले आकासमा उडिरहेको विमानको शौचालयमा आइफोनको कभर प्रयोग गरेर आत्महत्या गर्ने प्रयास गरेका छन् । आत्महत्याको प्रयास गर्नेको पहिचान खुलेको छैन । तर, नेपाली हुन सक्ने आशंका गरिएको छ । दक्षिण कोरियाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक फ्लाइटको विमानमा यो घटना भएको हो । स्थानीय समयअनुसार साँझ ६ बजेतिर विमान […]

आइफोन बनाउने चिनियाँ कम्पनीः १० लाख कामदार, ९ करोड फोन, १७ आत्महत्या

चीनका फक्सकोन र पेगाट्रोन ग्रुप नामक कम्पनीले आइफोन तथा आइप्याड एसेम्बल गरेर तयार पार्ने गर्दछन् ।  चीनका यी कम्पनीहरुले निकै कम पारिश्रमिक दिएर ज्यालादारीमा कामदारहरु भर्ना गर्ने गरेका छन् । एप्पलका ग्याजेट बनाउने कामदारहरुले हप्तामा ६६ घण्टाभन्दा बढि काम गर्दछन् । जबकी चीनमा काम गर्ने अधिकतम समय भनेको हप्तामा ४९ घण्टा मात्र हो । चीनको […]