Comments Add Comment

चट्याङ

List Grid
गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर

१४ असोज, गुल्मी। बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य […]

चट्याङ लागेर बागलुङमा एकको मृत्यु, तीन घाइते

५ असोज, बलेवा । बागलुङको जैमिनी नगरपालिका-७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना […]

आज देशभर चट्याङसहित वर्षाको सम्भावना

३० भदौ, काठमाडौं । आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको […]

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति […]

रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

२५ भदौ, बुटवल । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट […]

गुल्मीमा चट्याङ लागेर थप एक जनाको मृत्यु

२८ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएकी  एक जना महिलाको पनि मृत्यु भएको छ । मालिका गाउँपालिका-२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल घाइते भएकी थिइन् । उनको आज (बिहीबार) बिहान […]

गुल्मीमा चट्याङ लागेर घाइते भएका बालकको मृत्यु

२८ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ । इस्मा गाउँपालिका-४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा […]

गुल्मीमा चट्याङ लागेर सात जना घाइते

२७ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इश्मा गाउँपालिका–४ का विभिन्न स्थानमा चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । बुधबार साँझतिर परेको चट्याङले दोहलीका ३८ वर्षका रामबहादुर गन्धर्व र उनको ११ वर्षकका छोरा राहुल गन्धर्व गम्भीर घाइते भएको पाण्डेयले बताए । दुवै […]

बंगलादेशमा चट्याङ लागेर १६ जनाको मृत्यु

२१ साउन, काठमाडौं । बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् । बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो । मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । अचानक […]

भारतको उत्तर प्रदेशमा चट्याङबाट ४२ को मृत्यु

२८ असार, काठमाडौं । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो । जसको कारण फरक-फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ । मृत्यु हुनेमध्ये १३ […]

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते   

२७ असार, कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आइतबार बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा […]

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

१५ असार, वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने […]

महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

१४ असार, जनकपुरधाम । महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय […]

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

१२ असार, रौतहट । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

९ असार, खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको […]

बारामा चट्याङ लागेर एकजनाको मृत्यु, दुइ घाइते

९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, ८ जना घाइते

२४ वैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद […]

चट्याङ लागेर बैतडीमा वडा सदस्यको मृत्यु

२१ वैशाख, धनगढी । बैतडीमा चट्याङ लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् । गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

२१ वैशाख, झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले […]

मोरङमा चट्याङ लागेर महिलाको मृत्यु

९ वैशाख, विराटनगर । मोरङमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बारीमा गाईगोरु सार्ने क्रममा बिहीबार बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनी गम्भीर घाइते […]

कुखुरा फर्ममा चट्याङ लाग्यो, १० लाख बराबरको क्षति

४ वैशाख, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक कुखुरा फर्ममा चट्यांग लागेर आगलागी भएको छ । आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्लाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति साढे ८ बजेतिर ईश्वरपुर नगरपालिका ७ पोखरी टोलमा उदय राय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी […]