Comments Add Comment

दीपकराज गिरी

List Grid
गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छः दीपकराज गिरी

सामाजिक संजालमा समय सान्र्दभिक बिषयमा आफ्नो कुरा राख्न सिपालु मानिन्छन् निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी । दीपकराज गिरीको स्टाटसको सामाजिक संजाल र मिडियामा चर्चा पनि राम्रै हुन्छ । उनै, दीपकले गणतन्त्र दिवसको अवसर पारेर सटिक विश्लेषण गरेका छन् । उनले, राजतन्त्र र गणतन्त्रको तुलना गर्दै लेखेको स्टाटसमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । दीपकले […]

दीपकको प्रण–‘सामाजिक संजालमा सकारात्मक कुरा मात्र पोष्ट गर्नेछु’

कलाकार दीपकराज गिरीले कोभिडसँगको लडाई जारी रहुन्जेलसम्म आफ्नो सामाजिक संजालमा नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सामाजिक संजालमा दैनिक रुपमा देखिने तस्वीर र नकारात्मक कुराले कोभिडका बिरामीलाई झनै समस्यामा पारेको र मानिसहरुमा मानसिक रोग बढ्न थालेको भन्दै आफूले नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका हुन् । उनले लेखेका छन्–‘सरकारलाई […]

रामविलास उर्फ दीपकराज गिरी

‘अरे हो, धनिया ?’ ‘हाँ रे, भन रे रामबिलास ।’ यस्तै संवादसँगै सुरु हुने रेडियो नाटक ‘रामविलास–धनिया’ खुब रुचाइन्थ्यो, एकताका । मधेसी समुदायको लवजलाई दुरुस्तै टिपेर, हास्यरसले भरेर, शिक्षा र सन्देश लपेटेर प्रसारण हुने ‘रामविलास–धनिया’ सुन्न आतुर हुन्थे असंख्यौं कान । अनि मनमा उत्सुकता जाग्थ्यो, ‘कस्ती होलिन् धनिया ? कस्ता होलान् रामविलास ?’ रेडियोमा बोल्ने […]

दीपक भन्छन्–‘मलाई मन नपराउनेले देख्ने गल्ती नै मेरो गुरु हुन्’

निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले चलचित्रमा सधै सबै जना विद्यार्थी नै रहने बताएका छन् । चलचित्रको बिषयमा कहिले पनि सिकेर नसकिने भन्दै उनले आफैले बनाएका चलचित्रमा पनि धेरै भुल देख्ने बताए । उनले भने–‘मैले बनाएको चलचित्रमा म आफै ७० वटा भन्दा बढी भुल देख्छु । मलाई मन नपराउनेहरुले त २ सय भन्दा बढी भुल […]

नेपाली फिल्मको यात्रा ३० बर्षको मात्र होः दीपकराज गिरी

चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले नेपाली चलचित्रको यात्रा ३० बर्षको मात्र रहेको बताएका छन । घान्द्रुकमा आयोजना गरिएको सिनेमा संवादको दोश्रो सेसन ‘सिनेमा साहितयः सम्बन्ध र साझेदारी’ बिषयमा बोल्दै दीपकले एकाध बनेका चलचित्रलाई गनेर चलचित्रको इतिहासलाई ५० बर्ष मान्न नहुने बताएका हुन् । उनले भने–‘प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली चलचित्रको उत्थान भएको हो । […]

अहिले नयाँ फिल्म रिलिज गर्ने जोखिम कसैले लिदैनः दीपकराज गिरी

निर्माता तथा कलाकार दीपकराज गिरी अहिले नै हल खोल्नुपर्छ भन्ने पक्षमा थिएनन् । मानिसहरुका लागि मनोरञ्जन अत्यावश्यक चिज नभएको भन्दै उनले सुरक्षित महशुश नगरेसम्म दर्शक हलसम्म नआउने बताएका थिए । तर, शुक्रबारदेखि हल खुलेका छन् । दर्शकको उपस्थिती न्यून भएपनि वातावरण बनाउने भन्दै हल संचालकहरुले हल सुचारु गरेका हुन् । दीपकराज आफ्नो भनाइ अल्पमतमा परेपछि […]

हामी चाडै फिल्म बनाउनुपर्छ भन्ने कुराको विपक्षमा छौः दीपकराज

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् । मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन हो । यो मानिसका आधारभुत आवश्यकता […]

दीपकराज भन्छन्– मनिषाको राष्ट्रप्रेम स्वभाविक, भारतीय मिडियाको प्रचार अनर्गल

काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आक्रमणको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गालीगलौजमा उत्रेका छन् । भारतीय मिडियाको आरोप छ– मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरिन् । एबीपी न्युजले ठाडै भन्यो– खाती नेपाली और गाना गाती चाइनाकी ? उनले चीनकै […]

यो वर्ष ‘छक्का पन्जा-४’ नबन्ने, नयाँ टिमसँग काम गर्ने तयारीमा दीपकराज

यो वर्षको दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको निर्माण तत्कालका लागि स्थगित गरिएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टि गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै भने–‘हो, हामीले छक्का पन्जा-४ यो वर्ष नबनाउने निर्णय गरेका छौँ । अहिले हामी नयाँ टिमको कथा सुनिरहेका छौँ […]

नयाँ वर्षमा जन्मिएका यी तीन हस्ती

आज वैशाख १, अर्थात नयाँ बर्ष २०७७ सालको पहिलो दिन । आज नेपाली चलचित्र क्षेत्रका केही चर्चित चलचित्रकर्मीहरुको जन्मदिन हो । निर्माता तथा कलाकार दीपकराज गिरी आज कै दिन जन्मिएका हुन् । नेपाली चलचित्र क्षेत्रमा दीपकको आगमनलाई सुखद मान्न सकिन्छ । किनकी, उनले निर्माण गरेका कुनै पनि चलचित्र असफल भएका छैनन् । उनी अभिनित चलचित्र […]

दीपक, विपिन र दयाहाङले राज गरेको वर्ष २०७६

यो वर्ष नेपाली चलचित्रको व्यापार मात्र होइन, कलाकारको करिअर पनि सुखद देखिएन । धेरै स्टार भनिएका कलाकार यो वर्ष चिप्लिए । केही कलाकारको त चलचित्र नै रिलिज भएन । अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनियाँ जस्ता कलाकारको चलचित्र नै रिलिज नहुँदा केही नायकले भने यो वर्ष गज्जबको चर्चा पाए । नायक विपिन कार्कीका लागि यो […]

दीपकराजको गुनासो–‘हामीलाई एक्लै हिरो हुने बानी छ’

भारतका चर्चित कलाकारहरुले तयार पारेको एक भिडियो अहिले चर्चामा छ । अमिताभ बच्चनदेखि रणवीर कपुरसम्म र साउथका सुपरस्टार रजनीकान्तदेखि चिरञ्जीवीसम्मको अभिनय रहेको यो भिडियोको बिषयलाई निकै रुचाइएको छ । कलाकारहरुले हामीहरु सबै एक हौ भन्ने सन्देश मात्र दिएका छैनन्, भारतका विभिन्न भाषामा बन्ने चलचित्रमा काम गर्ने प्राविधिकहरुलाई एकसाथ मिलेर सहयोग गर्ने समेत बताएका छन् । […]

कलाकारको सुझाव: सावधानी नै कोरोनाबाट बच्ने आधार

कोरोनाले अहिले पूरा विश्व आतंकित बनिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो बनेको छैन । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु नभए पनि जो कोही पनि यसबाट त्रसित बनेका छन् । लाखौ काठमाडौं बासी आफ्नो गाउँ फर्किएका छन् । कोरोनाको प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ । हल बन्द भएका छन् भने छायांकनमा रहेका चलचित्रको छायांकन पनि […]

गाँजाले एकोहोरो बनाउँदो रहेछ – दीपकराज

दीपकराज गिरी अहिले गुपचुपरुपमा चलचित्रको स्कृप्ट लेखिरेहका छन् । ‘छक्का पञ्जा ४’ को स्कृप्टमा काम गरिरहेका उनी जोकसैको फोन पनि उठाउँदैनन् । दीपकराजको एउटा पुरानो बानी छ, स्कृप्ट लेख्न सुरु गर्नुपूर्व गाँजा तान्ने । यो कुराको खुलासा उनी आफैंले गरेका थिए । गाँजाले दिमागलाई एकोहोरो बनाउने र लोख्दा मन नभड्किने उनको तर्क थियो । तर […]

प्रकाश झाको अभिव्यक्तिमा फिल्मीकर्मीको जुहारी

‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल–निफ’को तेस्रो सिजनमा सहभागी हुन बलिउड निर्देशक प्रकाश झा नेपाल आएका छन् । निफको तेस्रो दिन प्रकाश झाले मास्टर्स क्लास लिएका थिए । सो कार्यक्रममा झाले एउटा अभिव्यक्ति दिए । झाले दिएको अभिव्यक्ति अहिले चलचित्र क्षेत्रमा जुहारीको प्रमुख बिषय बनेको छ । उनले दिएको अभिव्यक्तिको मोटामोटी अर्थ थियो, ‘चलचित्र भनेको व्यवसाय हो […]

दीपकले कसलाई भने ‘फटाहा कुरा नगर्नुहोस्’ ?

निर्माता तथा कलाकार दीपकराज गिरीले एक निर्मातालाई फटाहा कुरा नगर्न आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘यस बर्ष रिलिज भएको एक चलचित्रका निर्माताले अन्र्तवार्तामा आफ्नो चलचित्रले १८ करोड व्यापार गरेको दाबी गरेछन् । यस्तो फटाहा कुरा नगर्नुहोस् । भोली कर कार्यलयले भ्याट कती वुझाउनु भयो भनेर प्रश्न गर्यो भने के गर्नुहुन्छ […]

दीपकको सुझाव–‘डेटिङका लागि हल जानुहोस्’

निर्माता तथा कलाकार दीपकराज गिरी सामाजिक संजालमा जुनसुकै बिषयमा भने लेख्न अगाडि छन् । देशको राजनीति होस् या चलचित्र क्षेत्रकै बिषयमा किन नहोस्, दीपक निर्धक्क लेखिदिन्छन् । उनै, दीपकले सामाजिक संजालमा लेखे–‘केटाकेटीहरु, डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल जुनसुकै चलचित्र हलमा गए पनि हुन्छ । हरिविजोग डटकम ।’ दीपकले हलमा दर्शक नआएपछि सुनसान […]

दीपकको चेतावनी : ‘विदेशी फिल्मबाट दाल भात खानेविरुद्ध सशक्त भएर लाग्छौं’

चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने प्रण गरेका छन् । चलचित्र ‘छ माया छपक्कै’को रिलिजको समयमा विदेशबाट हिन्दी चलचित्र किनेर आफूहरुको चलचित्रलाई कम शो दिन लागिपर्ने वितरक विरुद्ध लाग्ने दीपकको भनाई छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘भारतबाट […]

दीपकको गुनासो–‘नक्कली आइडी बनाएर बिष ओकलियो’

निर्माता तथा निर्देशक दीपकराज गिरी स्पष्ट बोल्न अगाडि छन् । कहिलेकाही उनको बोली धेरैका लागि तितो समेत हुनसक्छ । उनै, दीपकले आफूहरु विरुद्ध नक्कली आइडी बनाएरै बिष ओकलिएको गुनासो गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘हाम्रो अकल्पनिय लगातारको सफलताले अत्तालिएका केही व्यक्तिहरु सामाजिक संजालहरुमा नक्कली आइडी बनाएर समुह निर्माण नै गरेर हामी विरुद्ध […]

दीपकराजको चेतावनीः ‘हेपियो भने फिल्म क्षेत्रमा गोविन्द केसी जन्मने पक्का छ’

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा निर्माता दीपकराज गिरी आक्रोशित देखिए । उनले, चलचित्रको बिषयमा मात्र बोलेनन् बरु यो क्षेत्रमा देखिएको विकृती र विसंगतीमा चर्को आवाज पनि उठाए । दीपकराजले चलचित्र क्षेत्रमा यस्तै अवस्था रहेको खण्डमा गोविन्द केसी चाडै नै जन्मने चेतावनी दिए । उनले भने–‘म हिन्दी चलचित्र र विदेशी चलचित्रको बिषयमा […]

दीपकले किन लेखे–‘विकास बोर्ड विघटन गरे हुन्छ ?’

नेपाली चलचित्र क्षेत्रमा दीपकराज गिरी सफल निर्मातासँगै कलाकार हुन् । सर्वाधिक कमाउने चलचित्रको तिन वटै रेकर्ड उनले निर्माण गरेका चलचित्रले बनाएका छन् । यसैले, पनि दीपकराजका चलचित्रले सुस्ताएको चलचित्र क्षेत्रलाई सधै नै चलायमान बनाउँदै आएका छन् । उनी, अहिले वितरण कम्पनी एफडीका शेयर होल्डर समेत हुन् । तर, उनै दीपकराजले फेसबुकमा स्टाटस लेख्दै चलचित्र विकास […]