- Home
- दोलखा
दोलखा
१ माघ, काठमाडौं । दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको उनले बताए ।
१२ मंसिर, काठमाडौं । दोलखाको भिमेश्वर मन्दिरभित्र रहेको भीमसेनको अश्वेत मूर्ति बेलाबखत देशब्यापी चर्चामा आउने गर्छ । चर्चाको विषय एउटै हुन्छ– मूर्तिमा ‘पसिना’ आएको । पछिल्लोपटक गत मंगलबार उक्त मूर्तिमा पसिना आएको खबर फैलियो । यससँगै सरकारी निकायसमेतको संलग्नतामा विभिन्न परम्परागत विधी, अनुष्ठानहरु भए । दोलखा भीमसेनलाई पसिना आउँदा देशमा ‘अनिष्ट’ हुन्छ भन्ने पुरातन विश्वास […]
२५ साउन, काठमाडौं । महिला, बालबालिकातथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढी/पहिरो प्रभावित क्षेत्रको स्थगलत अवलोकन गरी पीडितको उद्दार, राहत तथा बसोबास व्यवस्थाका लागि छलफल गरेका छन् । गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै गुरुङकै गृहक्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित […]
२३ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ चुइनटारमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राति करिब ११ बजेको समयमा घरदेखि माथिको भिरबाट खसेको पहिरोले लक्ष्मण बुढाथोकीको घर पुरिँदा उनको घरमा वेल्डिङ सम्बन्धी काम गर्दै आएका कालिन्चोक गाउँपालिका–८ सुनखानी घर भएका करिब २९ वर्षका सुरेश शिवाकोटीको घटना स्थलमै […]
१३ साउन, काठमाडौं । दोलखामा घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु भएको छ । दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो । ‘बिहान करिब ८ः४० को समयमा घरदेखि ५ सय मिटरमाथि पाखाबाट […]
७ साउन, काठमाडौं । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् । झोलुङ्गेपुलबाट हामफालेको सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले […]
२ असार, काठमाडौं । दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
११ जेठ, काठमाडौं । दोलखामा तामाकोसी नदीमा डुबेर दुई जना युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश बोहोराका अनुसार एक युवक माछा मार्ने क्रममा र एक युवक पौडी खेल्ने क्रममा तामाकोसी नदीमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा मेलुङ गाउँपालिका–१ पोवटीका ३६ वर्षीय दीपक भुजेल र कालिन्चोक गाउँपालिका–७ ठुलाखेतका […]
२४ वैशाख, दोलखा । ललितपुर पाटनमा रातो मच्छिन्द्रनाथको रथारोहण भइसकेको छ । हिन्दु र बौद्ध धर्मावलम्बी मात्रै होइन जात्रामा रम्ने हजारौं आस्थावान रातो मच्छिन्द्रनाथको उत्सवमा छन् । बुधबारबाट सुरु हुने रथ जात्रापछि त देशभरको ध्यान पाटनमा हुनेछ । तर कमैलाई थाहा छ, गएको हप्ता रातो मच्छिन्द्रनाथकै जात्रा पाटनबाट झण्डै १३० किलोमिटर पर दोलखाको भिमेश्वरमा नौ […]
२४ वैशाख, दोलखा । ललितपुर पाटनमा रातो मच्छिन्द्रनाथको रथारोहण भइसकेको छ । हिन्दु र बौद्ध धर्मावलम्बी मात्रै होइन जात्रामा रम्ने हजारौं आस्थावान रातो मच्छिन्द्रनाथको उत्सवमा छन् । बुधबारबाट सुरु हुने रथ जात्रापछि त देशभरको ध्यान पाटनमा हुनेछ । तर कमैलाई थाहा छ, गएको हप्ता रातो मच्छिन्द्रनाथकै जात्रा पाटनबाट झण्डै १३० किलोमिटर पर दोलखाको भिमेश्वरमा नौ […]
१ वैशाख, दोलखा । सात हजार एक सय ३४ मिटर अग्लो गौरीशंकर हिमाल, जसलाई आधार बनाएर नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ । यही गौरीशंकर हिमाललाई पृष्ठभूमिमा राखेर लमतन्न परेको दोलखा, कुनै चित्रकारले बान्की मिलाएर पोतेको मोहक क्यानभासजस्तै लाग्छ । पर्यटकीय गन्तव्य, ऐतिहासिक धरोहर, धार्मिक आस्थाको केन्द्र । अर्थात समग्रमा एक प्याकेज हो दोलखा । […]
२७ भदौ दोलखा । आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ । दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् । जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र […]
१० मंसिर, काठमाडौं। जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । […]
७ मंसिर, चरिकोट । नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम बिहीबार नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त […]
११ जेठ, दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडा जितेको छ । मेलुङको अध्यक्षमा एमालेका नरवहादुर श्रेष्ठ ४४७५ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बर्मा लामाले ४ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ […]
५ जेठ, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिकामा मेयर र उपमेयर सहित बहुमत वडाहरु जितेर नेकपा एमालेले आफ्नो वर्चश्व कायम गरेको छ । शुक्रबार बिहान सकिएको मतगणनामा ६ हजार ८ सय ५३ मत प्राप्त गरी एमालेका भरत केसी मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ईश्वर मानन्धरले ५ हजार ८ सय १५ […]
४ जेठ, चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल विजयी भएका छन् । पोखरेलले ४ हजार ६ सय १५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका भविन्द्र कार्कीले ३ हजार ८ सय २० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै उर्मिला केसी खड्का ४ हजार […]
४ जेठ, चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले जितेका छन् । बिहीबार अपराह्न सम्पन्न मतगणनामा एमालेका जिल्ला कमिटी सचिव भरत दुलाल ४ हजार १ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् । दुलालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिंहबहादुर तामाङले २ हजार ५ सय ५७ प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्ष पनि एमालेकै […]
३१ वैशाख, दोलखा । तीनवटै प्रदेश अन्तर्गत अधिकांश जिल्लाका स्थानीय चुनावमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । तर, दोलखामा भने तनाव देखिएको छ । दोलखाको आलम्पु बुथमा मतदान रोकिएको छ भने तामाकोशी गाउँपालिकाका प्रमुखका एमाले उम्मेदवार ईश्वरचन्द्र पोखरेल प्रहरीकै संलग्नतामा बुथ कब्जा भएको भन्दै चुनावी मैदान छाडेर हिँडेका छन् । पोखरेल एमाले दोलखाका जिल्ला अध्यक्ष […]
१७ जेठ, दोलखा । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ । अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्ने बताएको छ । […]
सिंगटी, दोलखा । चैत ३० गते बिहान हामी सिंगटी पुग्दा तुवाँलो र डढेलोको धुवाँले आकाश धमिलिएको थियो सिंगटीको । सिंगटीमात्रै होइन, दोलखाको पूरै आकाशमा कत्ला परेको थियो । गौरीशंकर हिमालका मनोरम दृश्यहरु कालो तुवाँलोले पूरै छोपिएका थिए । वातावरणमा प्रदूषण व्याप्त थियो । खडेरी परेका बेला मौसम खराब हुनु अस्वाभाविक थिएन । स्थानीय खिलबहादुर दुलाल […]