Comments Add Comment

प्रधानमन्त्री

List Grid
स्पेनका प्रधानमन्त्री भन्छन् – ला लिगा ८ जुनबाट सुरु हुन सक्छ

१० जेठ काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनदेखि फेरि सुरु हुन सक्ने बताएका छन् । यसअघि ला लिगा अध्यक्ष ज्याभिएर तेबासले स्पेनको शीर्ष डिभिजन फुटबल ला लिगा १२ जुनदेखि फेरि सुरु हुन सक्ने आशा राखेका थिए । यद्यपि फेरि सुरु हुने मिति भने अझै तय भइसकेको छैन । ला लिगाका खेलाडीहरुले […]

क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । […]

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् । ‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद […]

…हे प्रधानमन्त्रीज्यू, यसमा विचार गरिदिनुहोला !

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उठाउँदै आएको एउटा विषय हो– आदरार्थी शब्दको प्रयोग । केही समयअघि प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले ‘तपाईं’ नभनेर ‘तिमी’ भनेको भन्दै आलोचना गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर कतिपयले ब्यङ्ग्य गरे, कतिपयले ‘ठीकै हो’ पनि भने । त्यसकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रियसभाका सदस्यमाझ […]

कोरोना संक्रमित सुत्केरीको मृत्युले दुःखी छु : प्रधानमन्त्री

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् […]

बुद्ध जयन्ती मनाउने अवस्था रहेन, घरमा दीपावली गरौं : प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् । शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गर्न आग्रह गरेका छन् । बुद्धजयन्तीको अवसरमा एक […]

प्रधानमन्त्रीले उल्टो बाटो छाड्नुपर्छ

कोरना कहरले निम्ल्याएको लकडाउन (बन्दाबन्दी) को यो समयमा पनि राजनैतिक सरगर्मी बढ्दो छ । बेमौसममा सरकारले अध्यादेश ल्यायो । यसले सरकारको नेतृत्व गरिरहेको नेकपा देखि प्रतिपक्ष, सबै राजनैतिक दल र आम नागरिक समाज सबैलाई तरगिंत बनायो । सरकारले जारी गरेको अध्यादेशको चौतर्फी आलोचना भइरहेको थियो, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले अध्यादेश फिर्ता लिनुपर्ने […]

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]

प्रधानमन्त्रीको धम्की : सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले

१९ वैशाख, काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका […]

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण […]

अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली

 १९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् । फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले भनेका छन्, […]

प्रधानमन्त्री र सभामुखबीच भेट, बजेट अधिवेशनबारे छलफल

१७ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा […]

कोरोना रोकथाममा सफलता पाइरहेका बेला हुँडल्ने प्रयास भयो : प्रधानमन्त्री

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर सरकार अघि बढ्ने बताएका छन् । सरकारले कोरोना महामारीको रोकथाममा सफलता पाइरहेका बेला अन्य विषय हुँडल्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आफूलाई भेट्न आएका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको एकता र राजनीतिक स्थायित्व कायम राख्न आफू सबैसँग सहमतिका लागि तयार […]

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

१४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका […]

सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने प्रधानमन्त्रीज्यू ?

११ वैशाख, काठमाडौं । देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात् खोजी चलिरहेको छ । सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा. सुरेन्द्र यादवलाई खोज्नतिर लागे । कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ […]

डिस्चार्ज भइन् प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दान गरेकोमा उनलाई धन्यवाद दिएका थिए । गत बुधबार […]

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : गोकुल बास्कोटाले भनेको ‘हामी’मा कोको पर्छन् ?

१८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ । आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताए […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो । नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । […]

गगनले मागे प्रधानमन्त्रीको राजीनामा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]

पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ४ जना पक्राउ

१२ फागुन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत […]

प्रधानमन्त्रीज्यू, म २४ वर्षकी मृगौला पीडित

प्रधानमन्त्रीज्यू, नमस्कार ! म सुनीता बिक । घर छत्रदेव गाउँपालिका–८, सिठेनी, अर्घाखाँची । सुनेथेँ, तपाईंले नयाँ मिर्गौला प्रत्यारोपण गर्दै हुनुहुन्छ रे । जगेडा मिर्गौला पनि राखिने रे । यो सुन्दा झन् खुसी लाग्यो । तपाईंलाई जस्तै रोग मलाई पनि छ । म पनि मिर्गौला बिग्रिएर थलिएको छु । म अहिले २४ वर्षकी भएँ । छिट्टै […]