Comments Add Comment

प्रधानमन्त्री

List Grid
तेश्रो पटक रोकियो प्रधानमन्त्रीको बिहे

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिक्सेनको बिहे तेश्रो पटक पनि स्थगित भएको छ । युरोपेली युनियनको शिखर बैठकका कारण यसपटक प्रधानमन्त्रीको बिहे पुनः रोकिएको हो । आफू र आफ्ना प्रेमी बो को तस्वीर फेसबुकमा राख्दै उनले आफू ती गज्जबका पुरुषसँग बिहे गर्नका लागि आतुर रहेको उल्लेख गरेकी छिन् । तर आफूहरुले बिहे गर्ने मिति तय गरेको दिनमै […]

निर्वाचनअघि सिंगापुरका प्रधानमन्त्रीका भाइ विपक्षी दलमा प्रवेश

१० असार, काठमाडौं । सिंगापुरका प्रधानमन्त्री लि सिएन लुङका भाइ लि सिएन याङले आधिकारिक रुपमा महत्वाकांक्षी प्रोग्रेस सिंगापुर पार्टी (पीएसपी)मा जोडिएका छन् । आगामी जुन १० मा आम निर्वाचन हुन गइरहेको समयमा प्रधानमन्त्रीका भाइ अर्को पार्टीमा प्रवेश गरेका हुन् । ६२ वर्षीय याङ बुधबार पीएसपी पार्टीमा प्रवेश गरेका हुन् । याङले यो पार्टीका नेताले सिंगापुरको […]

प्रधानमन्त्री ओली नै फेक न्युजको शिकार !

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट आयो । कोरोना रोगबारे मात्र होइन, यसविरुद्ध औषधि तथा खोप विकासलाई लिएर पनि धेरै अफवाहहरू आउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तै एउटा अफवाहको शिकार भएको पाइएको छ । त्यो हो इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको फेक न्युज […]

संसदमा प्रधानमन्त्रीले सुनाए ‘भैँसी व्यापारी’को कथा !

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा झण्डै दुई घण्टा लामो सम्बोधन गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरस (कोभिड-१९) र नेपाल-भारत सीमा विवादमा बढी केन्दि्रत थियो । सांसदहरूले पनि प्रधानमन्त्री ओलीको जवाफमा आएको […]

लकडाउन सरलीकरणबारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिए । कोभिड-१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने/नदिने विषयमा पनि आजै निर्णय हुने बताए । विद्यार्थीको पठन-पाठन सञ्चालन र […]

प्रधानमन्त्रीको अहंकार कोरोना महामारी रोक्न समस्या भयो : कांग्रेस

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘सबै कुरा म जान्छु’ भन्ने प्रधानमन्त्रीको अहंकार कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोक्न समस्या भएको बताएको छ । सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै उसले चर्को आलोचना भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले नेपालभन्दा बाहिर १२७ […]

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : कति छ यथार्थ ?

विश्व कोरोना महामारीमा जुधिरहेको छ । यसको रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको पनि दुई महिना नाग्यो । समाजका हरेक तहतप्का यो कहरबाट प्रभावित भइरहको यो परिप्रेक्षमा सोमबार प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरी नागरिकलाई स्वास्थ्य, शिक्षा, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारको वैकल्पिक योजनाबारे जानकारी दिएका छन् । उनले विषम परिस्थितिमै पनि नागरिकका गतिविधिलाई अब ठप्प हुन […]

लकडाउनले पूरा हुन दिएन आमा भेट्ने नेदरल्यान्डका प्रधानमन्त्रीको इच्छा

१३ जेठ, काठमाडौं । नेपालका भीआईपी र भीभीआईपीहरूको रवाफ नै छुट्टै हुन्छ । सत्ता र शक्तिको उन्मादमा उनीहरूबाट नियम/कानुनको धज्जी उडाइएका घटना हाम्रा वरिपरि बर्गेल्ती छन् । तर विश्वमा कतिपय यस्ता देशहरू छन् जहाँ सबैमा समान नियम लागू हुन्छ । विशेषाधिकार प्रयोग गर्दै साइरन बजाएर हाम्रोमा जस्तो मनपरी गरिँदैन । त्यसमध्येकै एक देश हो–नेदरल्यान्ड । […]

‘कोरोना अझै फैलिन सक्छ, लकडाउनको मोडल फेरिन्छ’

१२ जेठ, काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै फैलिन सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली विदेशमा समस्यामा परेकाहरुको उद्धारमा भने लचिलो देखिएका छन् । साथै लाकडाउनको मोडल परिवर्तन हुने प्रधानमन्त्रीले संकेत गरेका छन् । सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गरेका थिए । उनले नेपालमा कोरोना भाइरस […]

कामविहीन नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउँछौं-प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारी गुमाएका र विदेशमा काम गुमाएर फर्किनेलाई रोजगार उपलब्ध गराउने बताएका छन् । यसका लागि कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै […]

कोरोना भाइरससँग लड्न प्रधानमन्त्री ओलीका ५ हेल्थ टिप्स

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसजस्ता महामारी र रोगसँग लड्नका लागि पाँचवटा हेल्थ सम्बन्धी ‘हेल्थ टिप्स’ दिएका छन् । प्रधानमन्त्रीले दिएका टिप्स घरेलु उपायहरु हुन् । देशमा बढिरहेको कोरोना महामारीको रोकथामका लागि सरकारले चालेका कदमहरुबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्वोधन गरे । सम्वोधनको अन्त्यमा उनले ‘निरोगी नेपाल […]

प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ : श्रम गर्नै नसक्नेलाई राहत, बाँकीलाई काम !

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै […]

स्पेनका प्रधानमन्त्री भन्छन् – ला लिगा ८ जुनबाट सुरु हुन सक्छ

१० जेठ काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनदेखि फेरि सुरु हुन सक्ने बताएका छन् । यसअघि ला लिगा अध्यक्ष ज्याभिएर तेबासले स्पेनको शीर्ष डिभिजन फुटबल ला लिगा १२ जुनदेखि फेरि सुरु हुन सक्ने आशा राखेका थिए । यद्यपि फेरि सुरु हुने मिति भने अझै तय भइसकेको छैन । ला लिगाका खेलाडीहरुले […]

क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । […]

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् । ‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद […]

…हे प्रधानमन्त्रीज्यू, यसमा विचार गरिदिनुहोला !

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उठाउँदै आएको एउटा विषय हो– आदरार्थी शब्दको प्रयोग । केही समयअघि प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले ‘तपाईं’ नभनेर ‘तिमी’ भनेको भन्दै आलोचना गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर कतिपयले ब्यङ्ग्य गरे, कतिपयले ‘ठीकै हो’ पनि भने । त्यसकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रियसभाका सदस्यमाझ […]

कोरोना संक्रमित सुत्केरीको मृत्युले दुःखी छु : प्रधानमन्त्री

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् […]

बुद्ध जयन्ती मनाउने अवस्था रहेन, घरमा दीपावली गरौं : प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् । शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गर्न आग्रह गरेका छन् । बुद्धजयन्तीको अवसरमा एक […]

प्रधानमन्त्रीले उल्टो बाटो छाड्नुपर्छ

कोरना कहरले निम्ल्याएको लकडाउन (बन्दाबन्दी) को यो समयमा पनि राजनैतिक सरगर्मी बढ्दो छ । बेमौसममा सरकारले अध्यादेश ल्यायो । यसले सरकारको नेतृत्व गरिरहेको नेकपा देखि प्रतिपक्ष, सबै राजनैतिक दल र आम नागरिक समाज सबैलाई तरगिंत बनायो । सरकारले जारी गरेको अध्यादेशको चौतर्फी आलोचना भइरहेको थियो, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले अध्यादेश फिर्ता लिनुपर्ने […]

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ । पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा […]