Comments Add Comment

प्रधानमन्त्री

List Grid
प्रधानमन्त्रीको धम्की : सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले

१९ वैशाख, काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका […]

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण […]

अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली

 १९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् । फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले भनेका छन्, […]

प्रधानमन्त्री र सभामुखबीच भेट, बजेट अधिवेशनबारे छलफल

१७ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा […]

कोरोना रोकथाममा सफलता पाइरहेका बेला हुँडल्ने प्रयास भयो : प्रधानमन्त्री

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर सरकार अघि बढ्ने बताएका छन् । सरकारले कोरोना महामारीको रोकथाममा सफलता पाइरहेका बेला अन्य विषय हुँडल्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आफूलाई भेट्न आएका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको एकता र राजनीतिक स्थायित्व कायम राख्न आफू सबैसँग सहमतिका लागि तयार […]

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

१४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका […]

सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने प्रधानमन्त्रीज्यू ?

११ वैशाख, काठमाडौं । देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात् खोजी चलिरहेको छ । सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा. सुरेन्द्र यादवलाई खोज्नतिर लागे । कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ […]

डिस्चार्ज भइन् प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दान गरेकोमा उनलाई धन्यवाद दिएका थिए । गत बुधबार […]

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : गोकुल बास्कोटाले भनेको ‘हामी’मा कोको पर्छन् ?

१८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ । आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताए […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो । नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । […]

गगनले मागे प्रधानमन्त्रीको राजीनामा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]

पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ४ जना पक्राउ

१२ फागुन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत […]

प्रधानमन्त्रीज्यू, म २४ वर्षकी मृगौला पीडित

प्रधानमन्त्रीज्यू, नमस्कार ! म सुनीता बिक । घर छत्रदेव गाउँपालिका–८, सिठेनी, अर्घाखाँची । सुनेथेँ, तपाईंले नयाँ मिर्गौला प्रत्यारोपण गर्दै हुनुहुन्छ रे । जगेडा मिर्गौला पनि राखिने रे । यो सुन्दा झन् खुसी लाग्यो । तपाईंलाई जस्तै रोग मलाई पनि छ । म पनि मिर्गौला बिग्रिएर थलिएको छु । म अहिले २४ वर्षकी भएँ । छिट्टै […]

दुई वर्ष पूरा गर्नु पनि सरकारको उपलब्धि : प्रधानमन्त्री

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् । सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरूबारे सदनलाई जानकारी गराइरहेका छन् । सम्बाेधनकाे सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले सरकार […]

देउवालाई ओलीको जवाफ : मैले भनेको धक्का कोरना हो

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे । बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट […]

गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीसँग उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् । भेटका क्रममा एनआरएनए अध्यक्ष […]

उपसभामुखबारे छिट्टै निर्णय हुन्छ : प्रधानमन्त्री

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा आइतबार सांसद अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । तर उपसभामुखको पद भने खाली छ । सभामुख निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, […]

प्रधानमन्त्रीले सम्झिए ध्यानबहादुर राईको योगदान

६ पुस,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका पूर्व मेयर ध्यानबहादुर राईको निधनप्रति शोक व्यक्त गर्दै कम्युनिस्ट आन्दोलनमा उनको योगदानको स्मरण गरेका छन् । प्रधानमन्त्रीले सोमबार शोक वक्तव्य जारी गरी न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनमा समाहित भएर राईले योगदान दिएको बताएका हुन् । राई तत्कालीन नेकपा एमालेबाट २०४९ मा धरानको […]

प्रधानमन्त्रीसँग शिवमायाको गुनासो : मेरो गल्ती के हो ?

५ माघ, काठमाडौं । नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाइरहँदा आइतबार नै उपसभामुख शिवमाया तुम्बाहाङफे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगिन् । भेटमा प्रधानमन्त्रीले भूमिका बाँध्दै पार्टी एकीकरणको मनोविज्ञान र शक्तिसन्तुलनलाई ध्यान दिएर अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको जानकारी उपभामुखलाई गराए । यसअघि तुम्बाहाङ्फेले नेकपा सचिवालयको निर्णय नमान्ने र उपसभामुखमाथि दलको ह्वीप […]

कांग्रेसले प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

५ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । […]

प्रधानमन्त्री हिँड्न खोजेपछि चिकित्सक हैरान, मोबाइल भेटेपछि धमाधम रिप्लाई

१२ मंसिर, काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित […]