Comments Add Comment

सत्ता गठबन्धन

List Grid
पर्सिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

१९ असोज, काठमाडौं । पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् । मंगलबार विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की […]

सत्ता गठबन्धनको बैठक : अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह

१० असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी […]

सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले मागे मन्त्रीको नाम, दलहरुले मागे समय

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेका छन् । उनले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदलाई पूर्णता […]

सत्ता गठबन्धनका नेताहरुको बैठक बस्दै

२७ भदौ, काठमाडौं । सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ-आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरुको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । शेरबहादुर देउवा […]

सत्ता गठबन्धनका नेताहरुसँग प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले बताइन् […]

सत्ता गठबन्धनको बैठक बस्दै

२५ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो । २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच […]

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

१४ भदौ, काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी […]

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

२० साउन, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए । मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको […]

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

१४ साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपाल पक्ष पनि सहभागी

१३ साउन, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा […]

एमाओवादीलाई निर्णय पुनर्विचार गर्न सत्ता गठवन्धनको आग्रह

२२ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले एकीकृत नेकपा माओवादीलाई सरकार परिवर्तनको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकी बसेको सरकारमा रहेका दलहरुको संयुक्त बैठकले वर्तमान सत्ता गठबन्धन जारी राख्नुपर्ने निष्कर्ष निकाल्दै एमाओवादीलाई निर्णय फिर्ता लिन आग्रह गरेको हो । ‘वर्तमान सरकार गठबन्धनलाई एकताबद्ध राख्दै एमाओवादीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न […]